कोरोना संक्रमित र स्थानीय सँग भेटघाट गर्दै स्वास्थ्य सामाग्री वितरण

असार ३,धनकुटा । कोरोना भाईरबाट प्रभावित धनकुटाको चौविसे गाउपालिका वडा नं. ६ राजारानीको तिलिङ्गगाउमामा नेपाली कांग्रेसका जिल्ला तथा स्थानीय नेताहरुले कोरोना संक्रमित र त्यहाका स्थानीय सँग भेटघाट गर्दै स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

चौविसे गाउपलिकाको वडा नं ६ को राजारानी,वडा नंं ७ को मौनावुधुक र बोधेका नेपाली कांग्रेसका नेताहरुसँग समेत भेट गर्दै कोरोना भाईरबाट बच्ने उपाएको वारेमा परार्मश गरिएको छ ।

पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,नेपाली कांग्रेस चौविसे गाउपािलका वडा नं ६ का वडा सभापती नगेन्द्र राई,निर्वाचित वडा सदस्य हर्कमाया राई सहितको टोलीले कोरोनाबाट अति प्रभावित धनकुटाको चौविसे गाउपालिकाको वडा नं. ६ को दुर्गा तिलिङ्ग प्रा.वि. तिलिङ्ग गाउमा राखिएका कोरोना संक्रमित विरामी र त्यहाँका जनतासँग भेट गरी उनिहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिदै केही स्वास्थ्य सूरक्षा समाग्री वितरण गरेका हुन् ।

सोही अवसरमा सचिव राईले नेपाली कांग्रेस चौविसे गाउपािलकाका सभापती बिजु राई,पूर्व वडा सभापती हर्क सिंह राई,नेपाली कांग्रेसका यूवा नेताहरु पदम राई,गोविन्द राई,नेपाल शिक्षक संघका सदस्य फक्त राई,नेपाल विद्यार्थी संघका नेता सविन अधिकारी लगायत संग भेट गरी उहाहरुले कोरोना विरुद्ध सञ्चालन गरिरहेको अभियानको उच्च प्रशंसा गर्दै दु:ख र विपतमा जनताकहा गई साथ दिनु नेताको कर्तव्य भएकोले अझ सक्रियताका साथ अभियान सञ्चालन गर्न आग्रह गर्नु भयो ।

त्यस्तै धनकुटाको मौनावुधुकमा नेपाली कांग्रेस धनकुटकाका महासमिति सदस्यहरु ललित वहादुर चेम्जोङ्ग, वडाध्यक्ष तथा महासमिति सदस्य दुर्गा सुवेदी,जिल्ला सदस्य हर्कमान चेम्जोङ्ग,वडा नं.७ का पार्टीका वडा सभापती सुरेन्द्र चेम्जोङ्ग,वडा सचिव अर्जुन वराल,कोषाध्यक्ष छविलाल घिमिरे,नेपाल महिला संघ धनकुटाका क्षेत्रिय कोषाध्यक्ष संगिता वराल,महिला नेता गंगा चेम्जोङ,यूवा नेताहरु केदार निरौला,गजेन्द्र विष्ट ,गजेन्द्र सुवेदी लगायत संग कोरोनाले पारेको प्रभावको वारेमा छलफल गरिएको छ ।

यसैगरी नपाली कांग्रेस बोधेका नेपाल शिक्षक संघका सदस्य डेगराज बन,नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु खगेन्द्र कुमार कार्की,बाल कुमार दाहाल लगायत संघ पनि क्रियाशिल सदस्यता लगायत पार्टी संगठनको वारेमा छलफल गर्दै कोरोनाबाट बच्ने उपाएको वारेमा समेत परार्मश गर्नु भएको थियो ।

भेटघाटको अवसरमा नेपाली कांग्रेस धनकुटका सचिव राईले स्वास्थ्य सुरक्षा सामाग्रि र औषधी समेत प्रदान गर्नु भएको थियो । नेपाली कांग्रेस चौविसे क्षेत्रका नेताहरुले कोरोनाबाट नराम्रो संग प्रभावित बनाएकोले यसलाई परास्त गर्न सामुहिक ढंगले युद्ध लड्नु पर्नेमा जोड दिए ।

उनिहरुले त्यस क्षेत्रमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संघीय,प्रदेश तथा स्थानीय तहको सरकारको प्रभावकारी उपस्थिति नरहेको समेत गुनासो गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।