धनकुटामा निशेधाज्ञालाई खुकुलो पार्दै असार ११ सम्म थपियो
धनकुटा,३ असार । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले असार ११ गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञा लाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनु भयो ।
अत्यावश्यकीय सेवा पसल विहान ७ बजे देखि दिउँसो १ बजे सम्म खोल्न पाईने भएको छ । बैंक तथा वितिय संस्था लाई हप्ताको ४ दिन विहान ८ बजे देखि दिउँसो १ बजे सम्म मात्र खोल्न दिईने भएको छ ।
विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने अन्य संघ संस्थाहरु भने बन्द रहने छन् । खुला रहेने स्थानहरु समेत संचालन गर्दा पूर्ण रुपमा स्वाथ्य मापदण्डको पालना भने अनिवार्य गर्नु पर्ने भएको छ ।
कार्य स्थलमा काम गराउँदा पञ्जा, माक्स, सेनिटाइजर लगायतका स्वाथ्य सामग्री संवन्धीत रोजगार दाताले कामदार लाई उपलब्ध गराउन समेत भनिएको छ ।






