उद्योग बाणिज्य संघ धनकुटाका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठको निधन
धनकुटा,३ असार । उद्योग बाणिज्य संघ धनकुटाका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको आज निधन भएको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिनु भयो ।
उहाँ नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष तथा वरिष्ठ यूवा समाजसेवी धनकुटा उद्योग बाणिज्य संघका पूर्व कोषाध्यक्ष रोशेष श्रेष्ठको पिता समेत हुनुहुन्थ्यो ।
उहाँको आजै ५ बजे धनकुटाको विश्रान्ती मन्दिर स्थित मुलघाटको तमोर नदीमा अन्त्यष्टि गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।


