कोरोना संक्रमित विरामीहरुलाई पोषिलो खाने कुरा तथा स्वास्थ्य सामाग्री प्रदान

आसार ३,धनकुटा । धनकुटा कोरोना अस्पताल र आईशोलेसन सेन्टर धनकुटाका कोरोना संक्रमित विरामीहरुलाई आज पोषिलो खाने कुरा तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

धनकुटा उद्योग वाणिज्य संघको समन्वयमा नेवा मिसा दबुले कोरोना अस्पताल र आईशोलेसन सेन्टरका विरामीहरुलई चना,सुप,अण्डा लगायत विभिन्न किसिमका पोषिलो खानेकुरा र माक्स,सेनिटाईजर,साबुनहरु प्रदान गरेको नेवा मिसा दबु धनकुटाका अध्यक्ष सुजता श्रेष्ठले वताउनुभयो ।

ती सामाग्री नेवा मिसा दबु धनकुटाका अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष रेजिना पालिखे, कोषाध्यक्ष ज्योती श्रेष्ठ कार्यकारी सदस्यहरु सुलोचना श्रेष्ठ,रत्ना श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यालय सचिव सचिन प्रधानले धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मालाई विरामीहरुका लागि हस्तान्तरण गरेका हुन् ।

नेवा मिसा दबु धनकुटाले धनकुटामा विभिन्न किसिमका गरिव दुखी तथा असायहरुलाई सहयोग गर्दै आईरहेको र अन्य विभिन्न किसिमका समाजिक कार्यहरु समेत गर्दै आईरहेको उपाध्यक्ष पलिखेले वताउनु भयो ।

धनकुटा आईशोलेसन सेन्टर धनकुटा बजार भन्दा टाढा भएकाले सेन्टरमा रहेका विरामी,विरामीका भिजिटर,चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई दैनिक खाना-खाजा खुवाउन समस्या भैरहेकोमा धनकुटा उद्योग बाणिज्य संघको पहल र समन्वयमा तीन साता देखी आईशोलेसन परिषर छेउमा व्यावसायी सरस्वती गुरुङ्गले क्यानटिन सञ्चालन गरी सहजताका साथ खाना-खाजा खुवाउदै आउनु भएको छ ।

धनकुटा आईशोलेसन सेन्टरमा कोरोना संक्रमित ११ जना र कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा १० जना विरामीहरु उपचाररत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।