कोरोना नियन्त्रणमा १ करोड बढी खर्च

नारायण कुमार राई/३ असार,धनकुटा । कोरोना रोकथामका लागि २ आर्थिक बर्षमा छथर जोरपाटी धनकुटाले १ करोड १३ लाख ४७ हजार २ सय १ रुपैंया खर्च गरेको छ ।

पालिकाको लेखा र जिन्सी शाखाले दिएको जानकारी अनुसार गत आ.ब.०७६÷०७७ मा ६४ लाख ६० हजार ६ सय ४९ हजार खर्च भएको छ ।

त्यस्तै चालु आर्थिक बर्षको हाल सम्म ४८ लाख ८७ हजार ५ सय ५२ रुपैया रहेको छ । जसमा चालु आर्थिक बर्षका केहि रकम भुक्तानी बाँकी रहेकाले थप खर्च बढ्ने जिन्सी प्रमुख ईन्द्र भण्डारीले जानकारी दिनुभयो ।

पालिकाले कोभिड अस्पताल स्थापना तथा ब्यबस्थापन,कोभिड नियन्त्रणमा कार्यरत कर्मचारी तलब,सर्जिकल तथा बिभिन्न स्वास्थ्य सामाग्री खरिद,चामल राहत बितरण,क्वारेनटाईन ब्यबस्थापन,ईनभटर तथा सोलार जडान,अक्सिजन कन्सनटेटर मेसिन खरिद लगाएतको षियमा खर्च गरिएको लेखा अधिकृत चुंडा बोहोराले जानकारी दिनुभयो ।

पालिकाले १ एम.बि.बि.एस डाक्टर, २ स्टाफ नर्स र १ कार्यालय सहयोगी सहितको टोलीले कोभिड अस्पतालबाट कोरोना उपचार सेवा दिई रहेको स्वास्थ्य प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो । कोभिड संकटका बेला स्थानिय समाजसेवी ब्यक्तिहरुबाट नगद तथा खाद्यन्न राहत सहयोग उपलब्ध भएको पालिका अध्यक्ष शेर बहादुर लिम्बूले जानारी दिनुभयो ।

पालिकाका जनप्रतिनिधिहरुले कोरोना संक्रमितहरुलाई घर–घरमा पुगेर औषधी तथा खानेकुराहरु बितरण गरे उनीहरुलाई हौसला दिनेगरेका छन् ।
पालिकामा हाल सम्म कोरोना संक्रमितको संख्या ११३ जना पुगेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।