आज धनकुटाका ३३ जना कोरोना संक्रमण मुक्त
असार ४,धनकुटा । आज धनकुटाका ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो सँगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या ११ सय ३० पुगेको छ । त्यस्तै अपराहन्न ४ वजे सम्मको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार आज जिल्लाका २२ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ३१० रहेको छ । ती मध्ये होम आईशोलेसनमा २९५, संस्थागत आईशोलेसनमा ८ र अस्पतालमा ७ जना उपचाररत रहेको केन्द्रले उल्लेख गरेको छ ।
अहिले सम्म जिल्लामै कोरोना परिक्षण गर्दा पोजेटिभ नतिजा आई जिल्लामै र उपचारको क्रममा वाह्य जिल्लामा निधन हुनेको संख्या २२ पुगेको छ ।


