कोरोना जोखिम नियन्त्रणका लागि गाउँगाउँमा नेपाली कांग्रेस धनकुटाको सचेतना अभियान
आसार ४,धनकुटा । नेपाली कांग्रेस धनकुटाले कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि गाउँगाउँमा सचेतना अभियान सञ्चालन गरिरहेको छ । जिल्लाको ग्राम्रीण क्षेत्रमा संक्रमण वढ्न थालेपछि यसको नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

सोही क्रममा आज कोरोनाबाट बच्ने उपाएको वारेमा सचेतना जगाउदै धनकुटाको सागुरीगढी गाउपालिकाको वडा नं ५ को पर्यटकीय केन्द्र डाडाबजार,हात्तिटारमा नेपाली कांग्रेस धनकुटाको टोलीले प्रहरी चौकी डाडाबजरा लगायत विभिन्न महानुभावहरुलाई मास्क प्रदान गरेको छ । पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,क्षेत्रिय सचिव खड्ग लिम्बु, नेपाली कांग्रेसका नेता ५ नं वडाध्यक्ष पलक वहादुर वस्नेत,नेपाल तरुण दल सागुरीगढी गाउपालिकाका अध्यक्ष राज लिम्बु लगायतको टोलीले प्रहरी चौकी लगायतलाई मास्क प्रदान गरेका हुन् ।
सचिव राईले डाडाबजारका कांग्रेसका नेता तथा जनप्रतिनीधिहरुसँग समेत कोरोना भाईरसबाट बच्ने उपाया र यसको नियन्त्रण कसरी गर्ने भन्ने वारेमा छलफल गर्दै ५ नं वडाध्यक्ष वस्नेतलाई मास्क प्रदान गर्नु भएको छ ।
त्यस्तै उहाँले सागुरीगढी गाउपालिका वडा नं ६ का सभापती विष्णु आर्चाय सँग कोरोना भाईरसले त्यस क्षेत्रमा पारेको प्रभावको विषयमा जानकारी लिदै यो भाईरस विरुद्ध सवै मिलेर लडाई लड्नु पर्नेमा जोड दिनु भयो । टोलीले चौविस गाउपालिकाको मिलन चौकमा पनि मास्क र स्यानिटाईजर वितरण गरेको छ ।
धनकुटाको गाउँ गाउँमा पार्टीका अग्रज तथा साथिहरु संक्रमित भई घर घरमै छटपटाईरहेकाले उनिहरुसँग भेटघाट गरी औषधी, स्वास्थ्य समाग्री ु भिटामिन वितरण गरी स्वास्थ्य लाभको कामना गर्न शहर देखी गाउ गाउ सम्म अभियानमा जुटेको सचिव राईले वतउनुभयो ।
उहाँले सागुरीगढीको वडा नं ५ र ६ र चौविसे गाउपालिकाको वडा नं ६ र ७ का कोरोनाबाट अति प्रभावित क्षेत्रहरुमा मास्क, स्यानिटाजर र औषधी वितरण गर्नु भएको थियो । जिल्लाको चौविस गाउपालिकाको सवै वडाहरुमा पार्टीका चौविसे गाउपालिकाका सभापती बिजु राई,सागुरीगढी गाउपालिकामा क्षेत्रीय सभापती जितेन्द्र राई,जिल्ला सदस्य नेपालधन राई,पालिका सभापती यम प्रकाश मगरले स्वास्थ्य समाग्री वितरण गरेका छन् भने सहिद भूमीगाउपालिकामा पार्टीका पालिका सभापती तिर्थ राईको नेतृत्वमा कांग्रेस नेता र पाख्रीवास नगरपालिकामा जिल्ला सदस्य ज्ञानु गुरुङ,जयन्द्र घिसिङ,नगर सभापति प्रेम भण्डारी,क्षेत्रीय सदस्य ज्योती गुरुङ ,यूवा नेता तथा वडा नं ३ का वडा सभापती चन्द्र लिम्बु लगायतले नि:शुल्क एम्बुलेन्स सञ्चालन र स्वास्थ्य समाग्री वितरण गरेका छन् ।


