धनकुटाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि
असार ५,धनकुटा । आज धनकुटाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको दिउँसो तीन वजे सम्मको तथ्यांक अनुसार यो सँगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या १४ सय ७८ पुगेको छ ।
ती मध्ये ११ सय ४३ जना निको भईसकेका छन् । आज जिल्लाका १३ जना कोरोना मुक्त भए सँगै निको हुनेहरुको संख्या ११ सय ४३ पुगेको हो । हाल ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये २ सय ९९ जना होम आईशोलेसन, ७ जना संस्थागत आईशोलेसन र ७ जना अस्पतालमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।
यो पनि …
धनकुटा । समाजसेवी तथा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय कार्य समितीका पूर्व सभापती सुरेन्द्र राज चोङ्गवाङ्गको आज निधन भएको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका ३ निवासी चोङ्गवाङ्गको ८३ वर्षको उमेरमा आज विहान निधन भएको हो । दम र युरिक एसिडको समस्याले पीडित उहाँलाई उपचारका लागि केही दिन अघि काठमाण्डौ लगिएको थियो ।
उहाँको उपचारकै क्रममा काठमाण्डौ मै विहान ६ वजे तिर निधन भएको उहाँका छिमेकी भाई तथा नेपाली कांग्रेस पाख्रीवास नगरपालिका ३ का वडा सभापति चन्द्र लिम्वुले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्व.चोङ्गवाङ्गलाई कोरोना पोजेटिभ पनि देखिएको थियो ।


