वडाको कार्यक्रम अन्य वडामा स्थानान्तरण गरेको भन्दै नेपाली कांग्रेस छथरजोरपाटी वडा न ४ कार्यसमितीको आपति
धनकुटा,५ असार । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ नेपाली कांग्रेस वडा कार्यसमितीले चालु आर्थिक बर्षमा संघिय संसद मार्फत उपलब्ध हुने स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको २० लाख रुपैयाँ बराबरको छथरजोरपाटी गाउँपालिकाको त्रिवेणीधाम जोड्ने सडकका लागि विनियोजना भएको रकम वडा अध्यक्ष लगायत पदाधीकारीको निहित स्वार्थ पूर्तिका लागि वडाको कार्यक्रम अन्य वडामा स्थानातरण गरेको भन्दै नेपाली कांग्रेस वडा न ४ कार्यसमितीले आपति जनाएको छ ।
नेपाली कांग्रेस वडा न ४ कार्यसमितीका सभापती मेघराज खतिवडाले आज एक विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष लगायत पदाधीकारीको निहित स्वार्थ कमिसनको चलखेल र विकास विरोधी घातक परिणम स्वरुप प्रत्यक्ष लाभग्राहीको उपस्थितीमा चयन भएको उपभोक्ता समिती लाई सिफारिस नदिने लगायतको विकास विरोधी कार्य वडा अध्यक्षले गरेको भन्दै विरोध गरेको जनाएको छ ।
साथै ४ दिन अगाडी छथरजोरपाटी र्ककले चौतारा भन्ज्याग हुदै त्रिवेणी जाने उल्लेख योजना साविक छथरजोरपाटी गाउँपालिका ४ कै उल्लेखित स्थानमा २४ घण्टा भित्र संशोधन गरी काम गर्न आग्रह गरेको छ ।
साथै यसो नगरिएमा जस्तो सुकै आन्दोल गर्न समेत तयार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



