कोरोना आकस्मिक कक्षका विरामीका कुरुवाहरुलाई स्वास्थ्य सामाग्री प्रदान
असार ५,धनकुटा । धनकुटा अस्पताल कोरोना आकस्मिक कक्षका विरामीका कुरुवाहरुलाई आज नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।

धनकुटा कोरोना आकस्मिक कक्ष धनकुटा अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिदै सचिव राईले विरामीका कुरुवालाई मास्क तथा सेनिटाईजर प्रदान गर्नु भएको हो ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहनु भएका राईले कोरोना संक्रमितहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

धनकुटा अस्पताल कोरोना आकस्मिक कक्षका विरामी कुरुवाहरुलाई मास्क तथा सेनिटाईजर अति आवाश्यक भएकाले आफुले उनिहरुलाई प्रदान गरेको स्पष्ट पार्दै आवश्यक परे अन्य सहयोग पनि गर्ने वताउनु भयो । स्वास्थ्य सामाग्री पाएपछि विरामीका कुरुवाहरुले सचिव राईलाई धन्यवाद दिएका थिए ।


