पाख्रीबासमा लिफ्टिंग प्रविधि मार्फत सन्चालित खानेपानीको उद्घाटन
धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका अन्तर्गत वडा नं ७ राम्चे डॉंडामा पूर्व सन्चालित खानेपानी ट्यॉंकीमा पानीको आपूर्ति सहजतालाई ध्यानमा राख्दै भुल्के-राम्चे लिफ्टिंग प्रविधि मार्फत सन्चालनमा ल्याइएको खानेपानीको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नपाका प्रमुख प्रशासकिय अधिकृत डिक बहादुर राईद्वारा उद्घाटन गरिएको कार्यक्रममा
पाख्रीबास इप्रकाका इन्चार्ज, मुगाखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष थर्कमान श्रेष्ठ लगायतका सम्पूर्ण पदाधिकारी,नपा ३ का वडा सदस्य तथा का.वडा अध्यक्ष सरोज राई,वडा ७ का वडाअध्यक्ष फणिन्द्र तामॉंग, राजनैतिक दलका प्रतिनिधि लगायत समाजसेवी,स्थानियको उपस्थिति रहेको थियो ।

राम्चे डॉंडामा रहेको खानेपानी ट्यॉंकीमा करिब ५०० मिटर तल शान्तिधाराबाट पानी लिफ्टिंग गरि ल्याइएको हो । यस ट्यॉंकीबाट वितरित खानेपानी नपाको विभिन्न वडाहरुमा वितरण गरिएको छ ।

करिब ४ बर्ष अगाडि ७२ लाखको आयोजनामा सुरु गरिएको यस आयोजना बीचमै रोकिएपनि नयॉं कार्यसमितिद्वारा यसलाई पुरा गर्न पहल सुरु गरिएको र संस्था रि’णमा रहेर पनि विभिन्न उतार-चढाव पार गर्दै यस आयोजनालाई आज पुरा गर्न सकिएको मुगाखोला खानेपानी उपभोक्ता समितिका सचिव विदुर न्यौपानेले जानकारी दिनु भयो ।



