धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ को कार्यलयमा तालाबन्दी

धनकुटा,६ असार । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ को कार्यलयमा तालाबन्दी गरिएको छ । वडाअध्यक्षकै मिलेमतोमा आफ्नो वडाका लागि स्वीकृत योजना र बजेट अन्यत्रै सारेको आरोप लगाउँदै वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

नेपाल कांग्रेस आबद्ध कार्यकर्ताले आज वडा कार्यालयमा तालाबन्दी गरिएको नेपाली कांग्रेस छथरजोपाटी गाउँपालिका वडा न ४ का सभापति मेघराज खतिवडाले बताए ।

उपभोक्ता समितिमा आफ्ना मान्छे राख्न नपाउँदा वडा नम्वर ४ का अध्यक्ष टेकबहादुर घिसिङले आफ्नो गाउँमा सडक खन्न छुट्टिएको २० लाख रुपैयाँ ३ नम्वर लैजान सहमति दिएको आरोप उनिहरुको छ ।उनिहरुले हिजो विज्ञप्ती जारी गर्दै वडाका लागि छुटिएको विकासको रकम वडामा नै खर्च गर्ने गरि कार्यक्रम सच्याउन २४ घण्टे अल्टिमेटम समेत दिएका थिए ।

वडाअध्यक्ष टेकबहादुर घिसिङले भने काँग्रेस कार्यकर्ताहरु आफ्नो वडाका लागि छुट्टिएको बजेट र योजना असफल बनाउन लागेपछि संघिय सांसदलेनै योजना अन्यत्र सारेको जनाए ।

चालु आर्थिक बर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत धनकुटाको तेलिया, कर्कले र भन्ञ्याङ हुदै तमोरको त्रीवेणी जोड्ने ग्रामिण सडकका लागि २० लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।