छथर जोरपाटीको ९ औं गाउँ–सभा सुरु ! कृषि,शिक्षा,पर्यटन र पूर्वाधारमा जोड
नारायण कुमार राई्,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को बजेट बिनियोजनका लागि निति तथा कार्यक्रम पारित गरेको छ ।
पालिकाले आईतबार नवौं गाउँ–सभाबाट ६३ वटा नीति तथा कार्यक्रमहरु पारित गरेको हो ।
पालिकाले लिएको “शिक्षा,कृषि,पर्यटन र पूर्वाधार छथर जोरपाटीको समृद्धि”भन्ने नीतिमा आधारित रहेर नीति तथा कार्यक्रम तयार गरेको छ ।
पालिकाले ‘आर्थिक बिकासका लागि छथर जोरपाटीको जन र मन गाउँपालिकाको समृद्धका लागि धन’,‘उद्यमशीलताबाट रोजगारी उत्पादनमा बृद्धि–यस पालिकाको हुन्छ समृद्धि’,‘हाम्रो वन छथर जोरपाटीको धन’ जस्ता लोकप्रिय कार्यक्रमहरु ल्याएको छ ।
शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि ‘छथर जोरपाटी शैक्षिक छात्रवृती,बालबालिकाहरुलाई कक्षा कोठामा ल्याऔ,पढाईमा टिकाऔ र समाजमा बिकाऔ कार्यक्रम र छथर जोरपाटी शैक्षिक छात्रबृतत्ती कार्यक्रमलाई निरन्तरता दिनेभएको छ ।
त्यस्तपालिकाले स्थायी बसोबास गर्दै आईरहेको दलित समुदायहरुका लागि ‘एक परिवार–एक उपहार’ कार्यक्रम लागू गर्नेभएको छ ।
पालिकाले बसाई सराईलाई न्यूनिकरण गर्न ‘ बसाई सरीजान नाईनाई–सरी आउनेलाई उपहार दिउँ एक दुहुना गाई’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।
पालिकाले सामाजिक उत्तरदायित्व तर्फ ‘एकल महिला बिउ पूँजी कोष’,‘अति बिपन्न परिवार सामाजिक सुरक्षा कार्यबिधि’,छथर जोरपाटी अति बिपन्न परिवार सामाजिक सुरक्षा कार्यक्रम’,‘छथर जोरपाटी लििक्षत वर्ग तथा समुदाय क्षमता तथा सीप बिकास कार्यक्रम’ लागू गर्ने भएको छ ।
‘हाम्रो गाउँ–घर–सर्वत्र उज्यालो ठाउँ’,‘छथर जोरपाटी राष्ट्र सेवक पदक’,‘प्रकोप ब्यबस्थापन कोष’ जस्ता लोकप्रिय कार्यक्रमहरु पालिकाले समावेश गरेको छ ।
त्यस्तै कृषि क्षेत्रको ब्यबसायीकरणका लागि भूमि बैक स्थापना ,सोध भर्ना सापटी कार्यक्रम,कोभिड १९ रोकथाम कार्यक्रम,जेष्ठ नागरीकहरुलाई घरघरमा उपचार कार्यक्रम पनि पालिकाको महत्वपूर्ण कार्यक्रममा परेका छन् ।
पर्यटन पूर्वाधार बिकास,फेहरमैला ब्यबस्थापन,सुरक्षित पिउने पानीको ब्यबस्था तथा तमोर नदीबाट खानेपानी लिफिेटिङ्ग आयोजना,किशोर–किशोरी लक्षित कार्यक्रम,आगामी ३ बर्ष भित्र पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने,यूवाहरुका लागि खेलकुद कार्यक्रम,महिला हिंसा न्यूनिकरण कार्यक्रम,महिला उद्यमशिलता आदी कार्यक्रम पालिकाले आफ्नो कार्यक्रममा समावेश गरेको छ ।
पालिकाले आदिबासी जनजातिहरुका लागि संग्राहलय निमाण गर्ने,उनीहरुको कला संस्कृतिका संक्षण गर्ने,नीति कार्यक्रम सभावेश गरेको छ ।
पालिकाले १ करोड सम्मको आयोजना सम्पन्न गर्दा प्राबिधिकको सिफारिस बिना मेसिन गर्न नपाउने नीति ल्याउने भएको छ ।
खेती योग्य जमिनमा सिंचाईका लागि आबश्यक डिपिआर प्रतिवेदन तयार गर्ने,सुरक्षित बस्ति बिकास कार्यक्रम लागू गरिने,प्राबिधिक सल्लाह बिना नीजी तथा सरकारी भवन निर्माणमा बन्देज लगाउने कार्यक्रम ल्याईनेछ ।
पालिकाले हाल सम्म बिभिन्न भौतिक संरचना सडक सन्जालहरुको निर्माण सम्बन्धि जानकारी दिंदै पालिका क्षेत्र र धनकुटाको बिहिबारे हटियाबाट पालिकाको सिंभुवा जोड्ने सडक कालोपत्रे यसै आ.ब.मा थालनी गर्ने जनाएको छ ।
कोरोना नियन्त्रणका लागि बिभिन्न कार्यक्रमहरु गरेको पालिकाले जिपिआरएर पद्दतीबाट सूचना प्रवाह गर्ने र संघ–संस्थाहरु संग ‘संस्थागत सन्जाल समन्वय संयन्त्र’स्थापना गर्ने उल्लेख गरेको छ ।
पालिकाले कार्यक्रममा गत बैसाख २ गते असिनाबाट भएको क्षति प्रति गम्भीर ध्यानाकर्षण भएको र बालिहरुको क्षतिपूतिका लागि सम्बन्धित निकायमा पहल गरिएको कार्यपत्रमा उल्लेख गरेको छ ।
पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न नवौ गाउँ सभामा जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिब आङ्ला(लिम्बू)ले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुभएको थियो ।
सभाबाट पारित नीति तथा कार्यक्रमको आधारमा बिषयगत समितिहरु संग छलफल गरी आउने १० गते नयाँ बजेट ल्याईने पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभएको छ ।
गाउँ सभा २७ गते सम्म चल्ने पालिकाका कर्यकारी अधिकृत तुलराज थापा मगरले जानकरी दिनुभयो ।


