धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध
असार ७,धनकुटा । सबै उपचार कोरोना केन्द्रित भइरहेका बेला अन्य बिरामीको उपचार सहजताका लागि धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।
अस्पतालमा आउने कोभिड बिरामीको उपचार र प्रयोजनको लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । चर्चित हास्य कलाकार दिपक प्रसाद आचार्य काकु, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठको पहलमा बोधिसत्व बिहार, काठमाडौवाट निःशुल्क प्राप्त स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग गरिएको हो ।
स्वास्थ्य सामग्री ३५ ठाउँमा वितरण गर्ने योजना रहेको भएपनि १३ ठाउँमा मात्रै वितरण गर्न सकिएको कलाकार दिपक प्रसाद आचार्यले बताउनुभयो । १३ ठाउँमा एक करोड १० लाख बढीको स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।
धनकुटा जिल्ला अस्पताल सहित साँगुरीगढी गाउँपालिका, धनकुटा नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तांखुवा स्वास्थ्य चौकी, हात्तिखर्क स्वास्थ्य चौकी, परेवादिन स्वास्थ्य चौकी, कोभिड अस्पताल जोरपाटी, महालक्ष्मी नगरपालिका, मुर्तिढुंगा स्वास्थ्य चौकी, लेगुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
यस्तै उनीहरुले मोरङको बेलबारी नगरपालिका र सुन्दर स्वास्थ्य चौकी सुन्दर हरैचाँलाई हस्तान्तरण गरिएको आचार्यले बताउनुभयो । धनकुटा अस्पताललाई पिपिइ ५० थान, एन ९५ माक्स २ सय ५० पिस, सर्जिकल माक्स एक हजार पिस, सर्जिकल ग्लोब्स एक सय थान, सव ग्लोब्स २ सय थान, पल् िअक्सिमिटर ४ थान, फेससिल्ड ५० थान, ग्लोकुमिटर र स्प्रे क्यान एकएक थान हस्तान्तरण गरिएको छ ।
यस्तै हेयर क्याम्प २०० थान, हेण्डवास ३० लिटर, सेनिटाइजर २० लिटर, मेडिथान बक्स एक थान र नोजल क्रोम १ पाकेट हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्री कलाकार आचार्य, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष श्रेष्ठले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. पुजन विश्वकर्मालाई हस्तान्तरण गर्नुभएको हो। स्वास्थ्य सामग्री पाएपछि कोभिड उपचारमा सहज हुने डा. विश्वकर्माले बताउनुभयो । यस्तै नेत्रज्योती संघ धनकुटाले पनि धनकुटा अस्पताललाई ५० थान पिपिइ हस्तान्तरण गरेको छ ।


