धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १२५५
धनकुटा । आज सम्म धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १२५५ पुगेको छ ।
यसअघि हिजो सम्म संक्रमण मुक्त हुनेको संख्या १२३८ जना रहेकोमा आज १७ जना निको भएपछि संक्रमण मूक्त हुनेको संख्या त्यती पुगेको हो ।
आज दिउँसो सवा ३ वजे सम्मको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्याँक अनुसार हाल जिल्लामा २४१ जना सक्रिय संक्रमित रहेका छन् ।
ती मध्ये ९ जना संस्थागत र २३२ होम आईशोलेसनमा उपचाररत छन् ।


