धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय १८
धनकुटा,९ असार । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय १८ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो । जस अनुसार आज ५ जनामा संक्रमण पुष्टि भएको छ भने २८ जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ ।
२ सय ९ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा र ३ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रसाशकीय अधिकृत बिक्रम लिम्बु द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृत्यू हुनेको संख्या ६ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृत्यू हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।



