धनकुटाको महालक्ष्मीमा र छथर जोरपाटीमा कांग्रेस नेताहरु कोरोना विरुद्ध सक्रिय

धनकुटा,९ असार । धनकुटाको महालक्ष्मी नगरपालिकाको विभिन्न वाडहरुमा कोरोना विरुद्ध सक्रिय रहेका नेपाली कांग्रेसका वडा सभापतीहरुसंग आज नेपाली कांग्रेस धनकुटाले कोरोना विरुद्ध लड्नका लागी छलफल तथा परार्मश कार्यक्रम सम्पन्न गरेकोे छ । भने धनकुटाका छथरजोरपाटीको जारेपाटीमा नेपाली कांग्रेसका नेताहरुसंग भेटघाट तथा छलफल सम्पन्न भएको छ ।

नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले कोरना विरुद्ध सक्रिय रहनु भएका महालक्ष्मी नगरपालिकाका नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका सभापती ध्र्रुवराज राय,सहसचिव हरी सुवेदी,नेपाल शिक्षक संघ धनकुटका प्रदेश प्रतिनिधि राजेन्द्र खड्का, यूवा नेताहरु भोगेन्द्र कार्की,केदार खड्का लगायत संग भेटघाट तथा छलफल गरी कोरोना भाईरस विरुद्ध लड्नका लागी परार्मश गर्नु भएको हो ।

यसैगरी महालक्ष्मी नगरपालिका वडा नं.४ का सभापती यज्ञ प्रसाद(भरत) चापागाई,वडा नं. ७ का सभापती तुलसी प्रसाद लुम्बा, वडा नं. ८ का सभापती कर्ण वहादुर थापा, वडा नं. ९ का वडा सभापती प्रेम ढकाल लगायत संग पनि भेटघाट तथा छलफल गरी कोरोना भाईरस विरुद्ध अझ सक्रियका साथ गाउ गाउमा सक्रियता पूर्वक अभियान संचालन गरी जनतालाई सहयोग गर्न नेपाली काग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले आग्रह गर्नु भयो ।

नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले महालक्ष्मी नगरपालिकाका कांग्रेस नेताहरु र वडा सभापतीहरुलाई केही स्वास्थ्य समाग्रीहरु,औषधी समेत प्रदान गर्नु भएको थियो ।

नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले आजै नेपाली कांग्रेस छगरजोरपाटीका नेताहरसंग पनि छथरजोरपाटीमा भेटघाट गरी कांग्रेसको पार्टी संगठन विस्तार र महाधिवेशनको वारेमा समेत छलफल गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु निर्मल ओझा,गिरिजा प्रसाद दाहाल, नेपाली कांग्रेस छथरजोरपाटी गाउपालिकाका सभापती छत्र सुब्बा, सहसभापती चन्द्र लिम्बु,नेपाल टेड युनियन कांग्रेस छथरजोरपाटीका अध्यक्ष पदम भट्टराई,नेपाली कांग्रेसका वडा नं. ५ का सभापती मेघराज खतिवडा,वडा नं. ६ का सभापती नविन श्रेष्ठ,नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष चिरन थापा,जिल्ला सदस्य सन्तोष श्रेष्ठ,नेपाल विद्यार्थी संघका नेता बाल कुमार विष्ट लगायत कांग्रेजनहरु नेताहरुसंगं जिल्ला सचिव राईले भेटघाट गरी छलफल गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले आगामी कांग्रेसको महाधिवेशनले यूवाहरुलाई नेतृत्वमा स्थापित गराई कांग्रेसमा नया जिवन प्रदान हुने वताउदै महाधिवेशनमा सवैले एकता र सहकार्यबाट अगाडी बढ्नु पर्नेमा समेत जोड दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖