भुमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाको आयोजनामा कार्यपालिका तथा सर्वदलीय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

धनकुटा । सहिदभुमि गाउपालिका धनकुटामा भुमि सम्बन्धि समस्या समाधान आयौग जिल्ला समिति धनकुटाको आयोजनामा कार्यपालिका तथा सर्वदलीय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

आयोगका अध्यक्ष नैना विस्वकर्माको अध्क्षतामा तथा गाउँ पालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 

बैठकमा गाउँ पालिका स्तरीय भुमिसम्बन्धि सहजिकरण समिति गठन गरिएको छ । सहजिकरण समितिमा संयोजक गाउपालिका अध्यक्ष र सहसंयाोजक उपाध्यक्ष रहेकाछन् भने , सदस्यहरुमा नेकपा एमाले पाटीको तर्फबाट नीर बहादुर राई ,नेपाली काङ्ग्रेसको तर्फबाट ताेर्ण बहादुर खड्का ,जनता समाजवादी बाट नगेन्द्र राई , कार्यपालिका सदस्यमध्यबाट रेखा राई र दलित सदस्य बाट अप्सरा राई र भुमिसम्बधि काम गरेका अनुव प्राप्त सदस्य सुस्मा किराँती रहेकाछन् ।

त्यस्तै गरि वडा स्तरीय सहजिकरण एक हप्ता भित्र सबै वडाहरूमा वडाअध्यक्षको संयेजकत्वमा गठन गरिसक्ने निर्णय भएको छ ।

त्यस्तै भुमि सम्बन्धि कर्मचारी ईकाई स्थापना गर्ने र भुमि वितरण का लागि चाहिने नापी सम्बन्धि उपकरण खरिद गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

बैठकमा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई , गाउँपालिका प्रशासकीय अधिकृत राजकुमार शाक्य , जिल्ला समन्वय अधिकारी तथा आयोगका सदस्य सचिव खगेन्द्र सुवेदी ,वडाअध्यक्षहरू हेमकुमार राई, बम बहादुर राई , रत्न बहादुर राई , मल्सुराम राई, याेगेन्द्र राई लगायत कर्मचारीहरूको सहभागीता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖