वहिरा सुष्त श्रवण स्रोत कक्षका विद्यार्थीहरुलाई स्वास्थ्य तथा सूरक्षित समाग्री र औषधी प्रदान
धनकुटा । धनकुटा नगरपालिका वडा नं ४ को मार्गेश्वरी प्राविमा सञ्चालित वहिरा सुष्त श्रवण स्रोत कक्षका विद्यार्थीहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट स्वास्थ्य तथा सूरक्षित समाग्री र औषधी प्रदान गरिएको छ ।
नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव समेत रहनु भएका धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले मार्गेश्वरी प्रावि छारागाउ धनकुटामा सञ्चालित बहिरा,सुस्त श्रवण स्रोत कक्षका विद्यार्थीहरुका लागि मास्क,सेनिटाईजर,औषधी र बिस्कुट उक्त स्रोत कक्षका प्रमुख तथा विद्यालयका प्रधानध्यापक श्रवणलाल राईलाई प्रदान गर्नु भएको हो ।
स्रोत कक्षमा १६ जना विद्यार्थीहरु अध्ययन रहेका छन् । विद्यार्थीहरुलाई आवाश्यक परे अन्य सहयोग समेत उपलब्ध गराउने अध्यक्ष राईले वताउनु भयो । स्वास्थ्य तथा सूरक्षित समाग्रीहरु प्रदान गरेकोमा अध्यक्ष राईलाई विद्यालयका प्रधानाध्यापक श्रवणलाल राईले धन्यवाद दिदै स्रोत कक्ष सञ्चालनको वारेमा जानकारी दिनु भएको थियो ।
यसअघि धनकुटाको उत्तरपानीमा रहेको सुस्त श्रवण स्रोत कक्षका विद्यार्थीहरुला लागी पनि स्रोत कक्षका प्रमुख भूपेन्द्र भण्डारीलाई उहाँले मास्क तथा स्यानिटाईजर प्रदान गर्नु भएको थियो ।


