सहिदभुमि गाउपालिकाद्वारा आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम सहित ४४ करोड बराबरको बजेट प्रस्तुत

धनकुटा । सहिदभुमि गाउपालिका धनकुटाले आगामि आर्थिक वर्ष २०७८।७९ का लागि नीति तथा कार्यक्रम सहित ४४ करोड बराबरको बजेट प्रस्तुत गरिएको छ ।

गाँउपालिकाको आठौ गाँउ सभा मार्फत आज गाँउपालिकाको अध्यक्ष मनोज राईले कोभिड १९ को माहामारी रोकथाम तथा संक्रमणको उच्च जोखिमलाई प्राथिमकता राख्दै गाँउपालिकाको सहिदभुमिको समृद्धि ं. शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि भन्ने नारालाई अवलम्बन गर्दै तयार पारेको नीति निति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको थियो ।

गाँउपालिकाले सुरक्षित मातृत्व ं. सुनिश्चित जीवन गर्भवती । सुत्केरी महिला संग उपाध्क्ष कार्यक्रम, गाँउपालिकालाई पूर्ण खोप सुनिश्चित, साठी वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वायमसेविकालाई सम्मान जनक विदाई, ठूला किसिमका खेलमैदान तथा भौतिक संरचना निमार्ण गर्ने,सामुदायिक विद्यालयहरुको भौतिक संरचनाको विकास तथा सुविधा विस्तार गर्ने , समुदायिक विद्यालयहरुमा शैसक्षक गुणस्तर अभिवृद्धि गर्न आधारभुत तह सम्म मातृ भाषा अध्ययन अध्यापन गर्न प्रोत्साहन तथा स्थानिय पाठ्यक्रम निमार्ण गरी पठनपाठन गर्ने , एक प्रौद्योगिक शिक्षालय तथा क्याम्पस स्थापना गर्न पहल गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै गरी गाँउपालिकाको सबै वडामा कृषि तथा पशु विकासका कार्यहरु सञ्चालन गरिने , बालिमा लाग्ने खतरनाक रोग तथा किरा नियन्त्रण्का लागि आवश्यक व्यवस्था मिलाईने , मासुमा आत्मानिर्भर बनाउन अनुदानका कार्यक्रम सञ्चालन गरिने , घाषको विरुवा तथा उन्नत जातको बिउ वितरण गरिन्ने , व्यवसायिक खेतिमा प्रोत्साहान गर्नका लागि तालिमको व्यवस्था तथा अर्गानिक खेतिलाई जोड दिईने , कृषकलाई आवश्यक यन्त्र तथा उपकरणहरुको वितरण , सिचाईको समस्या समाधानका लागि विभिन्न दातृनिकाय तथा संघ ,प्रदेश सरकार संग सहकार्यमा सिचाइका आयोजनालाई निरन्तरता दिईने , सिरान कुलो लगायतका , अर्गानिक करेसावारी, फलफूल र वनस्पति उतपादन गर्न गाँउवासीलाई प्रोत्साहन गरिने ,कृषकलाई पकेट क्षेत्र विस्तार गरिने लगायतको कार्यक्रम समावेश गरिएको छ ।

नेपालको संबिधान तथा स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को अधिनमा रही सहिदभूमि गाँउपालिकामा मातृभाषाका रुपमा बोलिने बान्तवा राई,छिन्ताङ्गे राई र छिलिङ्ग राई भाषाहरुलाई सहिदभुमि गाउपालिकाको स्थानिय सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न निरन्तरता दिईने, आदिवासी जनजातिको परम्परादेखि चलिआएको ज्ञान, सीप, कला, सँस्कृतिको संरक्षण गर्ने , गाँउपााको फोहोर व्यवस्थापन , प्राकृतिक प्रकोप वा विपद्मा परेर जनधनको क्षति भएमा विपद व्यवस्थापन तथा राहत व्यवस्था , सहकारी संस्थाहरुको जोड तथा क्षमता विकास , सार्वजनिक सेवा प्रवाहलाई सरल, सर्वसुलभ र सेवामैत्री बनाउँदै लगिने ,कर्मचारीहरुको समयसापेक्ष क्षमता विकास , गाँउपालिकामा उर्जा व्यवस्थापन,कार्यक्रम समावेश गरिएको छ ।

त्यस्तै गरी सभामा उपाध्यक्ष रत्नश्वरी राईले आगामि आर्थिक वर्षका लागि कृषि व्यवसाय, साँस्कृतिक, धार्मीक र कृषि पर्यटन र गााउ शहर विकासलाई सहयोग पुग्ने गरी रिङरोड निमार्ण गर्ने ,खाद्ययन्न एवं नगदे बालीमा आत्मानिर्भर बनाउने, सबै वडा कार्यलयहरुलाई बाह्रै महिना यातयात चल्न सक्ने गरी सडक संजालनले जोड्ने , पालिकामा र सबै वडा कार्यलय भवन संरचना व्यवस्थापन गरिसक्ने , एक स्थानीय तह एक पहिचानको ट्रेड मार्कको रुपमा सुन्तला उत्पादन र बजारीकरण तथा छिन्ताङदेवी पर्यटनलाई प्राथमितामा राखी कार्यक्रम संचालन गर्ने ,खेलकुद र शारीरिक स्वास्थ्यका लागि खेलकुदको विकास तथा राष्ट्रियस्तरका खेलकुद कार्यक्रमलाई गाँउस्तरमा संचालन गर्ने खेलमैदानको स्तरोन्ती र विकास गर्ने उद्देश्य सहित ४४ करोड ४२ लाख बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो ।

गाउ सभामा प्रमुख प्रशाससकिय अधिकृत राजकुमार शाक्य , लेखा संयोजक नितेश यादव योजना साखाका प्रमुख तथा कर्मचारी जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।