पाख्रीबास नगरपालिकाको नगरसभा – हात हालाहाल देखि तोडफोडसम्म : यसरी ल्याइयो बजेट (भिडियो सहित)

धनकुटा । विभिन्न ४ राजनीतिक दलले पाख्रीवास नगरपालिकाका वडा परिषद पून: नगरे स-शक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनिहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै यसअघि वडागत योजना छनौट गर्दा एक दलिय राजनीतिक कार्यकर्ता मात्र राखेर वडा गत योजना छनौट गरेको भन्दै वडा परिषद पून नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

यहि विषयमा हिजो छलफल गराउन माग गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमाले खनाल नेपाल समूह र जनता समाजवादी पार्टीले नगर प्रमुखलाई प्रेस विज्ञप्ति वुझाएका थिए तर सुनुवाई नभएपछि त्यस्तो चेतावनी दिनु परेको नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारीले वताउनुभयो । उहाँले २४ घण्टा भित्र यो विषयमा नगरले छलफल गराउनुपर्ने यदी नगराए आन्दोलनमा उत्रने वताउनुभयो ।

यदि २४ घण्टाभित्र आफुहरुलाई छलफलको लागि नबोलाइए ४८ घण्टाभित्र नपाका सम्पूर्ण वडा कार्यालयहरुमा तालाबन्दी गर्ने साथै थप आ’न्दोलनका कार्यक्रमहरु अघि ल्याउने पनि सभापति भण्डारीले बताउनु भयो ।

यसैवीच विरोधका वीच पाख्रीवास नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गरेको नगरपालिकाका सूचना अधिकारी किरण राईले वताउनुभयो ।

सुचना अधिकारी राईका अनुसार आव २०७८/०७९ का लागि कुल रु. ५० करोड ५० लाख २० हजारको अनुमानित आय र व्ययको बजेट प्रस्तुत गर्दै आठौँ नगरसभा सम्पन्न गरिएको छ ।

यता वडा परिषदको विषयमा छलफलको प्रस्ताव राख्न गएको पक्षका एक जनालाई नगर सदस्यले हात हालेको समेत जनाईएको छ । नेपाली कांग्रेस पाख्रीबास नगर सभापति प्रेम भण्डारीका अनुसार स्थानिय युवा रवी पौडेललाई नगर सदस्य तथा ३ वडा सदस्य(कार्यवाहक वडाअध्यक्ष) सरोज राईले हात लगाएको वताउनुभयो ।

बाहिरबाट युवाहरु नगरसभा हुंदै गरेको स्थानमा प्रब्श गरेपछि भीडभाडमा धेरैको ठेलाठेल भएको तर वडा सदस्य राईले नै कसैलाई हात नहालेको सुचना अधिकारी राईले बताउनु भयो ।

सभाहलमा तनावको स्थिति पैदा भएसंगै बाहिर रहेका केही युवाहरु आक्रोसमा आई नपाको केही झ्यालका शीसाहरु समेत फुटाएको छ भने कार्यक्रम स्थलमा राखिएका कुर्सीहरु फ्यॉंकेका थिए ।

वडा ४ का वडाअध्यक्ष शोवित निरौलाका अनुसार आफु र सचिवलाई समेत थाहै नदिइ वडा परिषदको बैठक बसेर केही वडा सदस्यको कृते हस्ताक्षर समेत गरि नपामा पेश गरिएको पत्रमा नगरप्रमुखले तोक लगाइदिएर मलाई ज्यूंदै मा’रेको पनि आ’रोप लगाउनु भयो साथै वास्तविकताको छानविन नगरि अगाडि बढिए आफु आमरन अनशनमा बस्ने पनि बताउनु भयो ।

नगरसभा सुरु भएसंगै राष्ट्रिय गीत सकिए लगत्तै नपा वडा ४ का वडाअध्यक्षले नगरसभा बाहिष्कार गरेको भन्दै बाहिरिएका थिए । स्थिति तनावपूर्ण बन्न खोजेपछि सुरुमा बैठक स्थगित गरि जिल्लाबाट नेपाल प्रहरी र श’सस्त्र प्रहरी बल समेत मगाइएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।