धनकुटाको सहिदभूमि गाउँपालिकामा क्रियाशील ४ दलद्वारा स्थानीय सरकारको विरोध गर्दै ज्ञापनपत्र बझाए,माग सुनुवाई नभए कडा आन्दोलन गर्ने

धनकुटा । वडा तहमा जाने बजेटमा व्यापक कटौती गरिएकोप्रति सहिदभूमि गाउँपालिका धनकुटाका ४ दलद्वारा संयुक्त प्रेस वक्तव्य मार्फत स्थानीय सरकारको विरोध गर्दै आज ज्ञापनपत्र समेत बुझाएका छन् ।

साथै गाउँपालिकाले राजनीतिक पूर्वाग्रही राखी गरेको सर्वसत्तावादी व्यवहार नसच्याए कडा आन्दोलन गर्ने समेत ४ दलले जनाएको छ ।

गाउँपालिकाले संघीयताको मर्म र भावना विपरीत आर्थिक वर्ष २०७८/०७९ को लागि तयार पारिएको बजेट सिलिङ आधाभन्दा धेरै कटौती गरिएको,योजनाहरु छनौट गर्दा विधि प्रक्रिया पूरा नगरी अपारदर्शी र राजनीतिक पूर्वाग्रह राखी योजनाहरु छनौट गरिएको भन्दै ४ दलद्वारा संयुक्त प्रेस वक्तव्य जारी गरि विरोध गरेका हुन् ।

सहिदभूमिमा क्रियाशील राजनीतिक दलहरु नेपाली कांग्रेसका तर्फबाट लक्ष्मण राई,एनेकपा माओवादी केन्द्रका अध्यक्ष पवन राई,नेकपा एमाले(नेपाल/खनाल) पक्षका डिक राई,जनता समाजवादी पार्टीका इन्चार्ज नगेन्द्र राई गरेर ४ दलले वडा तहको बजेट कटौती तथा पालिकाको सर्वसत्तावादी कार्यको संयुक्त विरोध गरिएको जारी प्रेस वक्तव्यमा जनाइएको छ ।

गाउँपालिकाले आफु खुसि एकलौटी रुपमा बजेटलाई चुनाबमुखी,वितरणमुखी,कार्याकर्तामुखी र भष्ट्रचारलाई जगेर्ना गर्ने खालको भएको ४ दलद्वारा गाउँपालिकालाई संयुक्त प्रेस वक्तव्यमा आरोप लगाएका छन् ।चार दलद्वारा प्रत्येक वडामा सर्वदलीय समिति गठन गरेर अघि बढ्ने समेत बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।