पाख्रीवास नगरपलिकाको ८ औं नगरसभाको क्रममा भएको झगडाको विषयलाई लिएर नेकपा एमाले धनकुटाको ध्यानाकर्षण(विज्ञप्ति सहित) ! जनप्रतिनीधिलाई आफुहरुले हात नलाएको चार दलको दावी

धनकुटा,असार ११। धनकुटाको पाख्रीवास नगरपलिकाको ८ औं नगरसभाको क्रममा भएको झगडाको विषयलाई लिएर नेपाल कम्युष्टि पार्टी (नेकपा एमाले)धनकुटाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विहिवार नगरको सभाहलमा भईरहेको सभामा नेपाली कांग्रेस लगायत केही राजनैतिक पार्टीका साँठगाँठमा नगरसभा विथोल्ने, सभाहल तोडफोड गर्ने,कुर्सी टेवुल भाँच्ने,सीसा फुटाउने,जनप्रतिनीधि माथि हातपात गर्ने जस्ता घटना घटाईएको भन्दै आज प्रेश विज्ञप्ति जारी गरी यस विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

गाउँ वा नगरपालिका आफैमा एक सार्वभौम अधिकार सम्पन्न उत्तराधिकारवाला संस्था हो जनताले आवधिक निर्वाचन मार्फत निर्वाचित गरेर पठाएका जनप्रतिनीधिहरुले स्थानिय तहको नीति निर्माण गर्ने र स्थानिय तहमा एक अवधिका लागि स्थानिय सरकार सञ्चालन गर्ने स्थानिय सरकार पनि हो । यसको अधिकार र काम कर्तव्यहरु संविधानमा प्रष्ट छ ।

हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम र बार्षिक आय व्ययको अनुमानित बजेट प्रस्तुत गर्ने व्यवस्था संविधानले गरेको छ । यस्तो संवैधानिक व्यवस्था हुँदा हुँदै पालिकाको नीति तथा कार्यक्रम र वार्षिक वजेट प्रस्तुत भई रहेको वेला नेपाली कांग्रेसले केही अन्य दलको मिलेमतोमा जुन ढंगले नगरपालिकाको ८ औ नगरसभामा आ क्रमण तोडफोड गर्ने काम गरेको छ त्यो नितान्त संविधान विरोधि लोकतन्त्र माथिको ठडो हमला र स्थानिय सरकार माथिको नांगो आ क्रमण भएको छ । नेकपा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

साथै यस विषयमा नेकपा एमालेले घोर निन्दा एवम् भत्सना गरेको छ । सभामा तोडफोड गर्ने व्यक्तिमाथि अविलम्व कारवाही र भएको क्षतिको क्षतिपूर्ति गर्न गराउन सम्वन्धित निकायलाई विज्ञप्ति मार्फत अपील समेत गरिएको छ ।

यता नेपाली कंग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एमाले (नेपाल-खनाल) समूह र जनता समाजवादी पार्टीले भने नगर कार्यपालिका सदस्यले नै पाख्रीवासका स्थानियलाई शूरुमा हात लगाएपछि परिस्थिती जन्य घटना घटेको जनाएका छन् ।

वडा परिषद पून: गर्न माग गरेका उनिहरुले सोही मागको विषयमा नगर प्रमुख सँग कुरा गर्न गएको वेला नगर प्रमुखले समय नदिने भनेपछि सोही विषयमा कुरा गर्दैजाँदा आवेशमा आई घटना भएको वताएकाछन् । तर अगाडी आफुहरुको तर्फबाट नभई कार्यपालिका सदस्यले नैत्यहाँका स्थानियलाई हात लगाएपछि घटना भएको वताएका छन् ।

जहाँसम्म घटनाको कारण भएको क्षतिको क्षतिपूर्तिको कुरा छ सो क्षतिपूर्तिको जिम्मा अगाडी हात लगाउने पक्षले लिनुपर्ने नेपाली कांग्रेस पाख्रीवास नगर सभापति प्रेम भण्डारीले वताउनुभयो । त्यस्तै पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष तथा नेकपा एमाले (नेपाल-खनाल) समूहका नगर अध्यक्ष सोवित निरौलाले आफुहरु सँग गएका जनता कसैलेपनि जनप्रतिनीधिलाई हात नलगाएको स्पष्ट पार्दै आफुहरु राम्रो वन्नका लागि जनप्रतिनीधिलाई हात लगाएको भनि आरोप लगाईएको टिप्पणी गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।