छथर जोरपाटीको बजेट सार्वजनिक,साढे ४३ करोड बराबरको बजेट प्रस्ताव

नारायण कुमार राई/ ११ असार,धनकुटा । छथर जोरपाटी धनकुटाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गरेको छ ।
पालिकाको जारी नवौं गाउँ–सभाको तोस्रो बैठक मार्फत् ४३ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक गरेको हो ।

पालिकाले ६ गते शुरु गरेको सभामा प्रस्ताबित नीति तथा कार्यक्रमलाई ९ गते पारित गरेर त्यसको आधारमा बिहिबार बजेट सार्वजनिक गरेको हो ।
पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा बसेको गाउँ–सभामा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठले बजेट प्रस्तुत गर्नुभएको थियो ।
श्रेष्ठले चालु तर्फ २९ करोड ७३ लाख २७ हजार र पूँजीगत तर्फ १३ करोड २७ लाख ४० हजार बराबरको बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।

बजेटमा आन्तरिक आयबाट ९७ लाख, नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण तर्फ ९ करोड १० लाख, राजस्व बाँडफाँडबाट ६ करोड २१ लाख ८९ हजार समाबेश गरिनेछ ।

त्यस्तै संघीय सरकारबाट सशर्त अनुदान तर्फ . २० करोड २३ लाख, विशेष अनुदान ८३ लाख र समपुरक अनुदान प्राप्त हुने अनुमानित १ करोड ३९ लाख बजेट निर्माणमा समावेश गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरण तर्फ ५१ लाख १५ हजार, राजस्व बाँडफाँडबाट ३० लाख ६१ हजार, समपुरक अनुदान १ करोड, सशर्त अनुदान १ करोड २१ लाख ३३ हजार समोबश गरिएको छ ।
अल्या. १ करोड ३ लाख ५४ हजार र करुना फाउन्डेसन बाट २० लाख १५ हजार बजेटका श्रोतका रुपमा सभाबेश गरिएको छ ।

बजेटमा सामाजिक सुरक्षा भत्ता, अन्य कार्यक्रम र संघीय अन्तर सरकारी हस्तान्तरण कार्यक्रम सिग्यास ( ऋन्ब्क्) बाट भुक्तानी गर्नु पर्ने रकमहरु यो बजेट अंकमा समावेश नगरिएको पालिका उपाध्यक्षले जानकारी दिनुभयो ।

सभामा उपाध्यक्ष श्रेष्ठले आर्थिक बिद्येयक २०७८र बिनियोजन बिद्येयक २०७८ निर्णयका लागि पेश गर्नुभएको थियो ।

प्रस्ताबित बजेट र बिद्येयक बिषगत समितिमा छलफल गरेर गाउँ–सभाको आउने बैठकबाट पारित गरिने गाउँ–सभाका सदस्य–सचिव तथा पालिका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले जानकारी दिनुभयो ।
चालु आ.व. २०७७÷०७८ को प्रस्ताबित वजेट ३८ करोड ३६ लाख ६२ हजार रहेकोमा नेपाल सरकारबाट प्राप्त थप बजेट सहित पालिकाको बजेट कुल ४९ करोड ३४ लाख रहेको थियो ।

बजेटमा के के समावेश गरिएको छ ः पूर्ण पाठ हेर्नुहोस

पालिकाले भू–उपयोग नक्साका आधारमा गाउँपालिकाको सम्पूर्ण भू –भागलाई वर्गिकृत गरी समृद्धि निर्माणको कार्यका लागि १५ लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक विकास तर्फ कृषि व्यवसायीकरण तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमका लागि १ करोड ५ लाख ८६ हजार विनियोजन गरिएको ।

पशु सेवा तर्फ दुध मिसन कार्यक्रम अन्तर्गत भैंसी पालन प्रवर्द्धन, छुर्पी प्रवर्द्धन कार्यक्रम, गोठ सुधार कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रमका लागि ७५ लाख ६५ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी प्रविधि हस्तान्नतरण तथा उद्योग वाणिज्यमा ३६ लाख, पर्यटन विकासका लागि ४४ लाख २५ हजार, सहकारी क्षेत्रमा ४ लाख ३० हजार विनियोजन गरिएको छ ।

यसैगरी जलश्रोत तथा सिँचाइ तर्फ ४ करोड ७२ लाख ८३ हजार गरी जम्मा आर्थिक विकासमा का लागि कुल ७ करोड २ लाख २९ हजार विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ “बालबालिकहरुलाई कक्षाकोठामा ल्याऔं, पढाईमा टिकाऔं र समाजमा विकाऔं” भन्ने नारालाई सार्थक तुल्याउन शिक्षामा १४ करोड १९ लाख ६१ हजार विनियोजन गरिएको छ ।
गर्भवती आमाको तथा नवजात शिशुको स्वास्थ्य रक्षा, खोप सेवा लगायतका स्वास्थ्य सम्बन्धित कार्यक्रमलाई एउटै डालोमा राखी “उपाध्यक्षसँग जीवन रक्षा” कार्यक्रमका लागि २ करोड ८४ लाख ४८ हजार बिनियोजन गरिएको छ ।

खानेपानी तथा सरसफाईमा १६ लाख ४२ हजार, साँस्कृतिक प्रवर्द्धनमा रु. १३ लाख ५ हजार, युवा रुप र युवा तथा खेलकुद विकासका लागि ७५ लाख २ हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ७४ लाख ९० हजार गरी सामाजिक विकास तर्फ कुल रु. १८ करोड ८३ लाख ४९ हजार विनियोजन गरिएको छ ।

पूर्वाधार विकास तर्फ स्थानीय सडक विकासका लागि ६ करोड ६४ लाख १३ हजार, भवन तथा सहरी विकास तर्फ १ करोड ४१ लाख ८४ हजार, उर्जा, लघु तथा साना जल विद्युत (वैकल्पिक उर्जा समेत) ९ लाख, सम्पदा प्रवर्द्धन पूर्वाधारका लागि रु. ८ लाख गरी पूर्वाधार विकासमा कुल ८ करोड़ २२ लाख ९७ हजार विनियोजन गरिएको छ ।
प्रकोप व्यवस्थापनका लागि २० लाख, कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि २० लाख, वातावरण तथा जलवायु अनुकुलन कार्यक्रमका लागि २३ लाख, श्रम तथा रोजगारका लागि ३४ लाख गरी कुल ९७ लाख विनियोजन गरिएको छ ।

संस्थागत विकास, सेवा प्रवाह व्यवस्थापन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण व्यवस्थापन, न्याय सम्पादन तथा व्यवस्थापन समेतका लागि ७ करोड ५ लाख विनियोजन गरिएको छ । त्यसैगरी पर्यटन, खेलकुदग्राम, गाउँपालिकाको प्रशासकीय भवन र सडक पूर्वाधारका लागि आवश्यक समपुरक रकम २ करोड ७२ लाख विनियोजन गरिएको छ ।

गाउँपालिका भित्र बसोबास गर्ने सबै दलित समुदायका नागरिकहरुको स्वास्थ्य सरसफाइ तथा गुणस्तरीय जीवनका लागि “एक घर–एक उपहार“ कार्यक्रम सञ्चालन गर्नें आवश्यक बजेट बिनियोजन गरिएको छ ।

जनसंख्या व्यवस्थापन तर्फ“बसाई सरीजान नाईनाई – सरी आउनेलाई उपहार दिउँ एक गाई” कार्यक्रमलाई निरन्तरता दिएको छ ।
शिक्षक तथा कर्मचारीहरुको हकमा नेपाल सरकारको घोषणा वमोजिम मासिक रु. २ हजार थप हुनेगरी बजेट विनियोजन गरिएको छ । गाउँपालिका तथा वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगीहरुलाई कार्यबोझसमेतका आधारमा मासिक २० हजार पारिश्रमिक दिने व्यवस्था मिलाईएको छ ।

गाउँपालिको स्रोतबाट पारिश्रमिक पाउने गरी करार सेवामा नियुक्त सामुदायिक विद्यालयका प्रारम्भिक शिक्षकहरुलाई ६ हजार थप गरी मासिक १५ हजार पु¥याईएको छ ।

गाउँपालिकाबाट मा.वि. र नि.मा.वि.मा नियुक्त शिक्षकहरुको पारिश्रमिकमा मासिक रु ७ हजार थप गरेको छु । माद्यमिक विद्यालयका विद्यालय सहायकहरुलाई मासिक १८ हजार पारिश्रमिक दिने गरी बजेट व्यवस्था मिलाईएको छ ।

सबै सामुदायिक विद्यालयका बालविकास शिक्षक र कर्मचारीहरुको लागि सबैले समान रुपमा पाउने गरी मासिक १५ हजार पारिश्रमिक दिने गरी बजेट व्यवस्था गरिएको छ । यसैगरी सामुदायिक स्वास्थ्य संस्थामा करार सेवामा कार्यरत चौथो तहका कर्मचारीहरुलाई मासिक २५ हजार दिने र सो संस्थामा कार्यरत कार्यालय सहयोगीहरुलाई मासिक १५ हजारका दरले पारिश्रमिक दिने गरी वजेट विनियोजन गरिएका छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारबाट घोषणा भए वमोजिमका कर्मचारीहरुका लागि वर्षको दश दिन बराबरको सेवा सुविधा सहित तोकिएको क्षेत्रमा भ्रमण जाने गरी काज सुविधा दिने व्यवस्था मिलाईएको छ ।

कर्मचारीहरुको मनोवल उच्च राख्दै आफनो काम कर्तव्य प्रति सदा उत्प्रेरित राखी यी सेवामा कार्यरत कर्मचारीहरु मध्येबाट हरेक वर्ष कम्तिमा दुई जना कर्मचारीहरुलाई तोकिएको नगद सहित “छथर जोरपाटी राष्ट्र सेवा पदक” तथा प्रमाण पत्रबाट विशेष समारोहमा पुरस्कृत गर्ने कार्यक्रम बजेटमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।