धनकुटामा असार १८ गते सम्म निशेधाज्ञा समय थप
धनकुटा, ११ असार । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले असार १८ गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञा लाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।
अत्यावश्यकीय सेवा पसल विहान ७ बजे देखि दिउँसो ४ बजे सम्म खोल्न पाईने भएको छ । तरकारी फलफूलका पसर विहान ६ बजे देखि बेलुका ६ बजे सम्म नै खोल्न पाईने भएको छ ।
बैंक तथा वितिय संस्था लाई विहान ९ बजे देखि दिउँसो २ बजे सम्म मात्र असार १५ गते सम्म र १६ गते बाट नियमित रुपमा खखोल्न दिईने भएको छ । विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने अन्य संघ संस्थाहरु भने बन्द रहने छन् ।
खुला रहेने स्थानहरु समेत संचालन गर्दा पूर्ण रुपमा स्वाथ्य मापदण्डको पालना भने अनिवार्य गर्नु पर्ने भएको छ । कार्य स्थलमा काम गराउँदा पञ्जा, माक्स, सेनिटाइजर लगायतका स्वाथ्य सामग्री संवन्धीत रोजगार दाताले कामदार लाई उपलब्ध गराउन समेत भनिएको छ ।







