महालक्ष्मी नगरपालिकाको बजेट ६४ करोड

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँ बजेट ल्याएको थियो । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बजेट बृद्धि गरिएको हो । नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा बुधबार आयोजित सातौं नगर सभामा उपमेयर मञ्जु अधिकारीले बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा आर्थिक विकासका लागि ५ करोड ५० लाख, सामाजिक विकासमा ३ करोड ५० लाख, पूर्वाधार विकासमा ८ करोड ५० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा २ करोड बजेट वाँडफाँड गरिएको छ । बजेट सार्वजनिक गर्नुअघि नगर प्रमुख नेपालले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगर सभामा बोल्दै प्रदेश सांसद इन्द्रमणी पराजुली र जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले महालक्ष्मी नगरपालिकाले नगरको विकासका लागि उत्कृष्ट बजेट ल्याएको भन्दै प्रशंसा गरे । नगरसभाले महालक्ष्मी नगरपालिकाको आफ्नै नगर गान पनि सार्वजनिक गरेको छ । महालक्ष्मी नगरले यसअघि नगरको बेल्लै लोगो पनि सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।