धनकुटाको पाख्रिबास नगरपालिका नगरसभा घटनामा संग्लन व्यक्ति तथा समुहलाई तत्कालकानुनी दायरामा ल्याउन माग राख्दै सात ओटै स्थानिय तहले जारी गर्यो प्रेश विज्ञप्ति

धनकुटा । धनकुटाको पाख्रिबास गनरपालिकामा नगरसभा संचालन भइरहेको समयमा सभाहल भित्र अराजक व्यक्तिहरु प्रवेश गरी सार्वजनिक सम्पतिमा ढुङगा मुढा प्रहार गरी तोडफोड गर्ने तथा जनप्रतिनिधि र कर्मचारी माथि कुटपिटको घट्नामा संग्लन व्यक्ति तथा समुहलाई तत्कालकानुनी दायरामा ल्याउन माग राख्दै सात ओटै स्थानिय तहले प्रेश विज्ञप्ति जारी गरिएको छ ।

त्यस्तै गरी धनकुटाको पाख्रिबास नगरपालिकाको नगरसभा संचालन भइरहेको अवस्थामा पाख्रिबास नगरपालिकाको सभाहल भित्र अराजक व्यक्तिहरु प्रवेश गरी सार्वजनिक सम्पतिमा ढुङगा मुढा प्रहार गरी तोडफोड गर्ने कार्यभएकाले सहिदभुमि गाँउपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

असार १० गते विहिबार स्थानिय तहले प्रत्येक वर्षको असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने भएकाले सोहि अनुरुप नगरसभा संचालन भईरहेको समयमा सभाहलमा प्रवेश गरी सार्वजनिक सम्पत्तिमा ढुङगा मुढा, तोडफोड र जनप्रतिनिधि , कर्मचारीहरु माथि भौतिक आक्रमण गर्ने जस्ता अलोक तान्त्रिक गैह्यजीम्मेवार र नेपालको कानून विपरित गतिविधि भएको भन्दै लोकतान्त्रिक ढंगबाट बिरोध गर्न पाउने वैकल्पिक बिधिहरु हुदाहुदै यसरी अराजक ढंग बाट प्रस्तुत भई हुलहुज्त गर्ने ,सार्वजनिक सम्पति तोडफोड गर्ने र जनप्रतिनिधि, कर्मचारीहरु माथी भौतिक आक्रमण गर्ने कार्य निन्दनिय छ ।

यस्ता कार्यको घोर निन्दा एवं भत्र्सना गर्दै संलग्न जो सुकै भएता पनि अबिलम्ब कानुनी दायरामा ल्याउन माग गर्दै गाँउपालिका अध्यक्ष द्धारा हस्ताक्षरित विज्ञप्ति मा खेद प्रकट गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।