धनकुटामा फेरि कोभिड संक्रमणको दर बृद्दि
असार १२,धनकुटा । फेरि कोभिड संक्रमणको दर बृद्दि भएको छ ।
शुक्रवार साँझको विवरण अनुसार पछिल्लो पटक जिल्लामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा ७२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
एन्टिजेन विधिबाट गरिएको परिक्षणमा धनकुटा नगरपालिकाका ६ मध्ये ४ जना,माहालक्ष्मी नगरपालिकाका ४५ मध्ये २४ जना,साँगुरिगढिगाउँपालिकाका ३७ मध्ये २३ जना,चौविसे गाउँपालिकाका ४५ मध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसद गुरागाईले जानकारी दिनुभयो ।
त्यस्तै पिसिआर विधिबाट गरिएको परिक्षणमा धनकुटा नगरपालिकाका २ र छथरजोरपाटी गाउँपालिकाका १ जना संक्रमण पुष्टि भएको छ ।


