राजनीतिक दलहरु भन्छन् : पाख्रीवास नगरसभामा भएको घटनाको जिम्मेवारी ‘कारक पक्ष’ पदिय दायित्व भएका व्यक्तिले लिनुपर्छ

असार १२,धनकुटा । पाख्रीवास नगरपालिकाको ८ औं नगरसभामा भएको घटनाको जिम्मेवारी पदिय दायित्व भएका व्यक्तिहरुले नै लिनु पर्ने ४ दलले वताएका छन् । उनिहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो जनाएका हुन् ।

घटनाबाट हुन गएको क्षति प्रति क्षामा याचना गर्दै नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारी,नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मुक्ति प्रसाद वजगाई,नेकपा एमाले नेपाल खनाल समूहका नगर अध्यक्ष शोवित निरौला र समाजवादी पार्टीका प्रतिनीधि टेक वहादुर भट्रटाईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ “शान्तिपूर्ण भेलाबाट जनताले गरेको मागलाई अपमान गर्ने प्रमुख, र स्थानिय जनताकै प्रतिनीधि वडा सदस्य सरोज राईको व्यवहार प्रति घोर भर्तसना गर्दै सो घटनाको जिम्मेवार र कारक पक्ष निज पदीय दायित्व भएका व्यक्ति नै भएकाले जसको जिम्मेवारी निजहरुले लिनु पर्नेछ ।’

नगरको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट निर्माण गर्ने सन्दर्भमा नेपालको संविधान २०७२ को मूल मर्म र भावना विपरित स्थानिय स्वेत्त शासन ऐन तथा स्थानिय निकायको योजना सञ्चालन नियमावली विपरित स्थानिय तहको बजेट निर्माणको शिलशिलामा न्यूनतम शर्तहरु पूरा नगरी वडा परिषद सम्पन्न गराई जनतालाई सूचनाको हक समेतबाट वञ्चित गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसरी संविधानको मर्म र भावना विपरित गएर बजेट सार्वजनिक गर्ने तयारी हुँदैगर्दा राजनीतिक दलले नगर प्रमुखलाई आफुहरुको माग सहित संयुक्त प्रेस विज्ञप्ति वुझाएको पनि उनिहरुले स्मरण गराएका छन् ।, “ सो मागको सुनुवाई नभएपछि संयुक्त रानीतिक दल र नागरिकहरु शान्तिपूर्ण रुपमा पाख्रीवास नगरपालिकामा प्रवेश गरी पून आफुहरुको मागको सम्वोधन गरिदिनुहोस् भन्दा नगर प्रमुखले जनताको आवाजलाई अपमान गरी मागहरु विरुद्ध जवरजस्ति काम थाल्नुभएको र सोही क्रममा स्थानिय न्याय प्रेमी जनताको शान्तिपूर्ण रुपमा उपस्थिती रहदा असार १० गते पाख्रीवास नगरपालिकाको नगरसभाको वेला पाख्रीवास नगरपालिका वडा नं ४ निवासी स्थानिय नागरिक युवा रवी कुमार पौडेललाई पाख्रीवास नगरपलिका वडा नं ३ का वडा सदस्य सरोज राईले हातपात गरेपछि स्थिति केही अनियन्त्रित भई तपाई हाम्रै भौतिक सम्पति नगरपालिकाको केही न्यूनतम क्षती हुन गएको प्रति हामी संयुक्त राजनीतिक दल दु:ख व्यक्त गर्दै क्षामा याचना गर्दछौ ’’जारी विज्ञप्तिमा उल्लेख छ ।

नगरले भने घटनामा संलग्न पक्षले क्षतिपुर्ति वेहोर्नु पर्ने वताउदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।