नगर सभामा तोडफोड गर्नेलाई कारवाही र क्षतिपूर्ति माग, अध्यक्ष निरौलालाई साधारण सदस्य समेत नरहनेगरी कारवाही

नारायण कुमार राई,धनकुटा । असार १० गते पाख्रिबास नगरपालिकाको आठौ नगर सभामा आक्रमण गरी भौतिक सामाग्री तोडफोड गर्नेहरुमाथि कारवाहीको माग गरिएको छ ।

शनिबार पाख्रिबास नगरपालिका र नेकपा एमाले पाख्रिबास नगर कमिटीले छुट्टछुट्टै पत्रकार सम्मेलन मार्फत् बिज्ञप्ति जारी गरेर कारवाहीको माग गरेका छन् ।

नगरपालिकाले मेयर बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर नगर सभा सदस्यहरुलाई हातपात गर्नेरुलाई कारवाही र ५ लाख बराबर बढीको भौतिक क्षतिको परिपूर्ति गराउन सम्बन्धित प्रशासन र प्रहरीलाई बिज्ञप्ति मार्फत् अपिल गरेको छ ।

मेयर राईले बजेट बिनियोजनमा नगरको वडा न.४ को असहमति भएकोले उनीहरुको असहमति नगर सभामा राखेर टुंग्याउने भनिएपनि आफूहरुमाथि आ’क्रमण भएको बताउनुभयो ।

तोकीएको समयमा वडाको बजेट तथा कार्यक्रम नआएपछि स्थानिय सरकार संचालन ऐन अनुसार वडाका बहुमत सदस्यहरुले सिफारिस गरेको योजना समावेश गरिएको मेयर राईले जानकारी दिनुभयो ।

यस सन्दर्भमा नगरले असार ३ गते बजेटको सिलिङ दिएर ६ गते सम्म वडाको योजना तथा कार्यक्रम पेश गर्न परिपत्र गरेको थियो ।

तर पटक–पटक आफूहरुले बैठक बस्न अनुरोध गरेपनि वडा नं.४ का वडा अध्यक्ष सोभित निरौलाले बेवास्ता गरेको वडा सदस्य कृष्ण मायाँ खड्काले जानकारी दिनुभयो ।

अन्तिम समय ९ गते सम्म पनि पटक–पटक बैठक बोलाउँने अनुरोध गर्दा पनि बैठक नबसेपछि आफूहरुले बहुमत सदस्यहरुले निर्णय गरेर बाध्यत्मक परिस्थितिमा नगरमा योजना कार्यक्रम पेश गर्नुपरेको खड्काले बताउनुभयो ।

बैठकमा सहमति गरेको बिषयलाई लिएर निरौलाले आफूलाई धम्किपूर्ण ब्यबहार गरेको र कालो मोसो लगाई दिने भनेर गाउँमा हल्ला गरेर मानसिक पिंडा दिएको वडा सदस्य शान्तिमायाँ परियारले रुदै गुनासो पोख्नुभयो ।

उता मेयर राईले पनि वडामा देखिएको समस्यालाई अध्यक्ष र सदस्यहरुको योजनालाई मिलाएर सभाबाट समधान गर्ने भनिएपनि आफूहरु माथि आ’क्रमण भएको जानकारी दिनुभयो ।

यस घटनालाई लिएर उता नेकपा एमाले पाख्रिबास नगर कमिटीले वडा नं.४ का वडा अध्यक्ष सोभित निरौलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

पाटीका नगर अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर नेकपा एमाले पाख्रिबास नगर कमिटीले उक्त कुराको जानकारी दिएको हो ।

‘नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित निरौलालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिएको ब्यहोरा जानकारी गराईन्छ ।’–बिज्ञप्तिमा उल्लेख छ ।

बिपक्षीहरु संग साँठगाँठ गरी पाटी बिरुद्धमा लागेर सार्वजनिक सम्पति तोडफोड गर्ने योजनाकार निरौलाको अध्यक्ष पदको खारेजीका लागि समेत निर्वाचन कार्यलयलाई माग गरेको नगर कमिटीले बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।