कृषकलाई उन्त जातको बोयर बाख्रा तथा बोका वितरण
असार १२,धनकुटा । सहिद भुमि गाउँपालिकाले आज एक कार्यक्रमका वीच कृषकलाई उन्त जातको बोयर बाख्रा तथा बोका वितरण गरिएको छ ।

कृषकलाई कृषि क्षेत्रमा आत्मा निर्भर बनाउन गाउँपालिकाको वडा नं १ धापमा रहेको धाप ईनोभेटिक पशुपालन कृषि समुहका किसानलाई १३ उन्नत जातका बोयर बाख्रा र २ वटा बोका गाउँपालिकाका उपप्रमुख रत्नश्वरी राईले वितरण गर्नुभएको पशु सेवा शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाख्राका साना व्वसायी किसानलाई उत्पादन केन्द्र पकेट विकास कार्यक्रम मार्फत गाउँपालिकाले ३ लाख बराबरको बाख्रा तथा बोका खरिद गरेर वितरण गरिएको गाउपालिकाले जनाएको छ ।


