धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३१
धनकुटा,१३ असार । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३१ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो । जस अनुसार आज ६ जनामा संक्रमण पुष्टि भएको छ भने ४४ जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ ।
२ सय १३ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जना संस्थागत आइसोलेसनमा र ६ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ द्धरा द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृत्यू हुनेको संख्या ६ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृत्यू हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृत्यू हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।



