प्रधानमन्त्री;हिं,सालाई दु,रुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वाेच्च अदालततले रोक्न नसकेको

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले हिं,सालाई दु,रुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वाेच्च अदालततले रोक्न नसकेको बताउनुभएको छ ।

जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा अदालतमा हिं,सालाई दुरुत्साहन गर्ने काम अदालतमा हुन नहुने जनाउँदै प्रश्न गर्नुभयो, “विद्वान अधिवक्तालाई आफ्नो भनाइ सम्हालिएर राख्न न्यायमूर्तिले भन्न सक्नुहुन्थेन र ?”

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतमा जारी सुनुवाइमा एक अधिवक्ताले फ्रान्स र बेलायतका घटनाको उदाहरण दिँदै मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीको ह,त्या हुन सक्ने चेतावनी दिनुभएको थियो ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले विपक्षी गठबन्धनका नाममा नेपाली कांग्रेस पार्टी नेकपा (माओवादी केन्द्र) को प्रचण्डपथसँग टाँसिन पुगेको र एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मामुली कार्यकर्ता हुँदा नै रमाइरहेको पनि आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले महात्मा गान्थीको ह,त्या गर्ने नाथुराम गोड्सेको खोजी गर्ने र नभेटिएमा आफँै गोड्से बन्न तयार हुने भनेर कांग्रेसका नेताहरुले भन्न थाल्नु प्रचण्डपथकै प्रभाव भएको तर्क राख्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।