धनकुटामा आज फेरी ६१ जनामा कोरोना संक्रमण पुष्टि
असार १४,धनकुटा । धनकुटामा आज फेरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थपन केन्द्रका अनुसार आज दिउसो ३:१५ सम्म उल्लेखित संख्याका संक्रमित थपिएका हुन् ।
आज ५९ जना संक्रमण मुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २३३ रहेको मा होम आईशोलेसनमा २०९, संस्थागत आईशोलेसनमा १५ र अस्पतालमा ९ जना उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।
यो पनि …
सुनसरीमा असार २२ गते सम्मको लागि निषेधाज्ञा थप
सुनसरी । सुनसरीमा असार २२ गते सम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।
निजि सवारी जोरबिजोर प्रणालीमा चलाउने र हाल संचालनमा रहेका ब्यबसाय १० बजे देखि ४ बजे सम्म खोल्न पाइने छ ।


