नेपाली कांग्रेस धनकुटा प्रदेश सभा क्षेत्रीय समिति ‘ख’को विरोध
धनकुटा,१४ असार । असार १० गते पाख्रीवास नगर कार्यपालिकाको नगरसभामा स्थानीय सरकारले गरेको ज्यादतीको विरुद्धमा नेपाली कांग्रेस धनकुटा प्रदेश सभा क्षेत्रीय समितिले गरेका छन् ।
नेपाली कांग्रेस धनकुटा प्रदेश सभा क्षेत्रीय समितिका सभापति इन्दिरा थापा र सचिव हरि ब. राईद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गरि पाख्रीवास नगरसभामा स्थानीय सरकारले गरेको ज्यादतीको विरोध गरेको हो भने नेपाली कांग्रेस चौविसे गाउँपालिकाका सभापति बिजु राईद्वारा समेत विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।
स्थानीय सरकारले ओली प्रवृतिबाट उत्प्रेरित भइ पाख्रीवास नगरसभामा निर्वाचित भएकाबाट गैर लोकतान्त्रिक चरित्र देखाएको भन्दै नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति ९ख० र चौविसे कांग्रेसले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरि घोर विरोध जनाइएको हो ।
यो सँगै जिल्लामा राजनीतिक दलहरु बिच पाख्रीवास नगरसभाको विषयलाई लिएर विज्ञप्ति निकाल्ने र एक अर्कामा दोषारोपण शुरु भएको छ ।



