असार १५ आए संगै धनकुटामा समेत केराको व्यापारमा बृद्धि
धनकुटा,१४ असार । धान दिवस अर्थात असार १५ आए संगै धनकुटामा समेत केराको व्यापार बृद्धि भएको व्यावसायीहरुले बताएका छन् ।
भोलि असार १५ नेपालीहरुले दहि चिउरा खाएर मनाउने गर्दछन् । यो पर्वमा दहि चिउरा र केरा खाने गरिन्छ । गाउँ घरमा भने धान रोपाई गर्दै दहि चिउरा खाने गरिए पनि बजार र शहरी क्षेत्रमा भने पर्व लाई दहि चिउरा खाएर मात्र मनाईने गरेको छ ।
पछिल्लो समय गाउँ घरमा समेत बजार बाटै केरा गरिद गरेर लैजाने चलन बढेको छ । धनकुटामा चाड पर्व र अन्य समयमा कति मूल्यबराबरको केराको कारोबार हुन्छ भन्ने आधिकारी तथ्याक भने भेटिदैन् ।
यो पनि…
धनकुटाका एसपी अधिकारीको बिदाई
धनकुटा १४ असार, जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख एसपी गोबिन्द अधिकारी बिदाई भएको छ ।
१ बर्ष १ हप्ता पहिले धनकुटा जिल्लाको कमाण्ड समाल्नु भएका एसपी अधिकारीको आज बिदाई गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुर सरुवा भई हाल तालुक गृह मन्त्रालय प्रशासन शाखामा काज सरुवा हुनु भएको समेत कार्यलयले जनाएको छ ।


