धनकुटाको पाख्रिवासमा तरुण डिफेन्ड फोर्स गठन,अव लोकतन्त्र विरोधीहरुको भण्डाफोर गरिने

धनकुटा,१४ असार । धनकुटाको लोकतान्त्रिक प्रणालीको रक्षा गर्न र अधिनायकबादीहरुसंग भिड्नका निम्ति धनकुटाको पाख्रिवासबाट नेपाल तरुण दलले आज नेपाल तरुण दलका नेता बिमल गुरुङ्गको नेतृत्वमा तरुण डिफेन्ड फोर्स गठन गरी तरुण फोर्स गठनको धनकुटामा प्रारम्भ गरेको छ ।

धनकुटामा पहिलो पटक लोकतन्त्र र जनअधिकारको रक्षाका निम्ति र अधिनायकबादीहरुसंग लड्नका लागी नेपाल तरुण दल धनकुटाले धनकुटाका पाख्रिवासमा तरुण नेता बिमल गुरुङ्गको संयोजकत्वमा १ सय ५१ सदस्यीय तरुण डिफेन्ड फोर्स गठन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा नेपाल तरुण दल धनकुटाका पूर्व जिल्ला सचिव विजय सन्तोषी राई ले तरुण परिर्वतनको सम्वाहक भएकाले तरुण शक्तिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने वताउनु भयो । उहाले तरुण फोर्स कसैसंग जाईनलाग्ने र आईलाग्ने संग भने जाईलाग्दै त्यसलाई ध्वस्त पारेरै छाड्ने वताउनु भयो ।

नेपाल तरुण दल धनकुटा जिल्लाका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला कोषाध्यक्ष दिनेश राईले तरुण फोर्स पाख्रिवासले कुनै पनि तत्वले लोकतन्त्र र लोकतन्त्रवादीहरुमाथी धावा बोल्ने र हस्तक्षेप गरे त्यसको सशक्त प्रतिकार गर्ने वताउनु भयो । उहाले लोकतन्त्र विरोधी र अधिनाकवादी शक्ति संग डटेर लड्नका निम्ति पनि तरुण फोर्सलाई आग्रह गर्नु भयो ।

नेपाल तरुण दरुण दल पाख्रिवासका अध्यक्ष रवी राईको अध्यक्षतमा सम्पन्न भएको तरुण भेलामा नेपाल महिला संघी जिल्ला उपाध्यक्ष तथा यूवा नेता अम्विका धमला,यूवा नेता अमित लो तामांग,नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष युवराज पराजुली,मदन घिमिरे लगायत तरुण नेताहरुले तरुण दल ठूलो शक्ति रहेकोले लोकतन्त्रवादीहरु ढुक्क भएर वस्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा स्वागत मन्तव्य तरुण नेता विमल गुरुङ्गले गर्नु भएको थियो भने कार्यक्रमको संचालन तरुण नेता दिपेश थापाले गर्नु भएको थियो ।

नवगठित तरुण फोर्स पाख्रिवासले धनकुटाको पाख्रिवासमा मार्च पार्स तथा प्रर्दशन समेत गरी तरुण फोर्स सम्वन्धि जानकारी समेत गराएको थियो । धनकुटा आईशोलेसन सेन्टरमा ११ जना र धनकुटा कोभिड आकस्मिक कक्ष धनककुटा अस्पतालमा १३ जना कोरोना संक्रमिति विरामीहरु उपचार गराईरहनु भएको छ ।

धनकुटाको पाख्रिवासबाट लोकतन्त्र विरोधीहरुलाई ठिक लगाउन गठन गरिएको तरुण फोर्स धनकुटा जिल्लाका अन्य ६ वटै पालिकाहरुमा गठन गरिने र जनविरोधी र भष्टचारी तथा लोकतन्त्र विरोधीहरुको जनस्तर सम्म भण्डाफोर गर्ने कार्य रहेको नेपाल तरुण दल धनकुटाका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।