कांग्रेस जिल्ला कमिटी र पाख्रीवास नगरपालिका एवम् वडा तहका नेताहरु वीच भेटवार्ता

असार १५,धनकुटा । नेपाली कांग्रेस जिल्ला कमिटी र पाख्रीवास नगरपालिका एवम् वडा तहका नेताहरु वीच आज भेटवार्ता भएको छ । भेटको क्रममा उनिहरु वीच महामारीको रुपमा फैलिएको कोरोना संक्रमण जोखिम नियन्त्रण लगायतको वारेमा छलफल भएको छ ।

सोही अनुसार पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेस पाख्रीवास नगपालिका वडा नं १ का सभापती डिल्ली पाण्डे,पूर्व वडा सभापती कृष्ण गोविन्द्र धमला,वडा नं २ का सभापती धन वहादुर मगर,वडा नं। ३ का सभापती चन्द्र लिम्बु,वडा नं। ४ का सभापती श्याम प्रकाश राई,वडा नं। ५ का सभापती भीम खड्का ,वडा नं ६ का सभापती राम प्रसाद दाहाल,वडा नं। ७ का सभापती पूर्ण वहादुर राई,वडा नं ८ का सभापती गजेन्द्र राई,महिला नेता पदम कुमारी न्यौपाने लगायत सँग भेटघाट गरी कोरोना संक्रमण नियन्त्रण तथा यसबाट कसरी बच्ने भन्ने वारेमा परार्मश गर्नुभएको छ ।

उहाँले संक्रमण नियन्त्रणका लागि टोल टोलमा सचेतना जगाउनु पर्नेमा जोड दिनु भयो । साथै पाख्रीवास नगर क्षेत्रमा कोरोना संक्रमण एवम् संक्रमित हरुको स्वास्थ्यवस्थाको वारेमा समेत जानकारी लिई सचिव राईले मास्क तथा सेनिटाईजर वितरण गर्नु भएको छ ।

नेपाल तरुण दल धनकुटाका पूर्व जिल्ला सचिव समेत रहनु भएका उहाँले पाख्रीवासका तरुण नेताहरु विमल गुरुङ,अध्यक्ष रिव प्रकाश राई,दिपेश थापा लगायत सँग पनि छलफल तथा परार्मष गर्दै पाख्रिवासका तरुणहरुले कोरोना संक्रमण नियन्त्रणका लागि सञ्चालन गरिरहेको अभियानको प्रशंसा गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।