तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई प,क्रा,उ

काठमाडौँ,ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई प,क्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग बढी भाडा लिने आठ जनालाई मङ्गलबार र आज बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ घर भएका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गीमबहादुर गाहामगर, रुपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलबस्तुका ४४ वर्षीय शिवलाल घिमिरे, मोरङका ३१ वर्षीय युवराज ढकाल, उदयपुरका २९ वर्षीय राकेश रसाइली र सोलुखुम्बुका २५ वर्षीय झनकबहादुर घिमिरे रहेका छन् ।

प्रहरीले छ जनालाई नयाँ बसपार्क र दुई जनालाई कोटेश्वरबाट प,क्राउ गरेको हो । प,क्राउ परेका सबैजनाले यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा लिएर यात्रु ओसारपसार गरेको पाइएको महाशाखाका प्रमुख र प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

प,क्राउ परेका छ जनालाई कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र दुई जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ । महाशाखाले निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिने ६१ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ।

यसैगरी, निषेधाज्ञाको समयमा भाडामा यात्रु ओसार्ने ४७ निजी सवारी साधनलाई समेत कारबाही गरेको छ । विशेष गरी काठमाडौँ उपत्यका बाहिरिने यात्रुसँग भाडा लिई ओसारपसार गर्ने ४७ निजी सवारी साधनलाई कारबाही गरेको हो ।

महाशाखाले तोकिएकोभन्दा बढी भाडा लिएको वा निजी सवारी साधनले यात्रु बोकेको थाहा पाएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।