धनकुटामा थप ३३ जना कोरोना संक्रमण मुक्त
असार १६,धनकुटा। आज धनकुटामा ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै जिल्ला संक्रमण मुक्त हुनेको संख्या १४६० पुगेको छ ।
आज ९ जना संक्रमित थपिएका छन् । यो सँगै अहिले सम्म जिल्लामा कोरोना परिक्षण गरिएकाहरु मध्ये पोजेटिभ नतिजा आउनेको सँख्या १७ सय १४ पुगेको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार ४ हजार ५ सयको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ३८ र २ हजार २ सय ३६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ६ सय ७६ जनामा संक्रमण देखिएको हो ।
ती मध्ये १४ सय ६० निको भैसकेका छन् । हाल जिल्लामा २३१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आईशोलेसनमा २०६ संस्थागत आईशोलेसनमा १८ र अस्पतालमा ७ जना उपचाररत रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।


