विपक्षी गठबन्धनद्वारा जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना तथा कोण सभा

धनकुटा,१६ असार । धनकुटाको पाख्रिवासमा भएको घट्नालाई लिएर सत्ता पक्षको दवावका कारण प्रहरीले झुठा मुद्धा दर्ता गरेर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेकोमा आज विरोध गर्दै विपक्षी गठन बन्धनले जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना तथा कोण सभा गरेको छ ।

नेकपा एमालेका ओली पक्षीय मेयरले सत्ताको आडमा प्रहरी प्रशासनलाई दवाव दिएर कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एमाले माधव समुहका पाख्रिवासका नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्धा लगाएर फसाउन खोजिएको विरोधमा आज धनकुटाका विपक्षी गठनबन्धनले जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना लिएर प्रशासन समक्ष प्रहरीको धर पकड बन्द गर्न र झुठा मुद्धा खारेज गर्न माग गरेको हो ।

धनकुटाको पाख्रिवास घट्नालाई लिएर सत्ता पक्षको दवावका कारण रातारात प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई काज सरुवा गरी अर्को प्रमुख जिल्ला अधिकारी धनकुटामा पठाउने निर्णय सरकारले गरेकोले निमित्त प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठलाई कार्यकक्षमा भेटघाट गरी तत्काल प्रहरीको धरपकड र आतंक बन्द गर्न आग्रह गर्दै यसो नगिए प्रतिरोधमा उत्रने धनकुटाका विपक्षी गठनबन्धनका नेताहरुले चेतावानी दिएका छन ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना, नेकपा एमाले माधव नेपाल समुह धनकुटाका अध्यक्ष अर्जुन राई,जसपा धनकुटका सहसचिव डम्वर पौडेल,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,सदस्य ज्ञान वहादुर गुरुग,नेकपा एमाले माधव नेपाल समुका सचिव खगेन्द्र सुवेदी,जसपा नगर अध्यक्ष दिल वहादुर राई लगायतका नेताहरुले धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठलाई सत्ता पक्षको दवावमा प्रहरीले पिडितहरुको निवेदन दर्ता नगरी उल्टै पिडकहरुको दर्ता गरी धरपकड गर्न खोजिएकोले धरपकड तत्काल बन्द गर्न माग गर्नु भएको थियो ।

धनकुटाका चार दलिय विपक्षी गठनबन्धनका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा भेला भई केही क्षण सांकेतिक धर्ना लिएका थिए । जिल्ला प्रशासनमा भएको कोण सभामा अहिले सम्म भएको आन्दोलनको जानकारी गराउदै नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले विपक्षी गठबन्धन पाख्रिवासका नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्धा दर्तागरी धरपकट गर्ने कार्य तत्काल बन्द नगरे जिल्लाभरी सशक्त प्रतिकार गर्ने वताउनु भयो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सहसचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु अम्विका परियार,क्षेत्रीय कोषाध्यक्ष निरुपा राई, नगर सभापती रोशन राई,नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष अम्विका धमला, अम्विका राई,नेपाल तरुण दल धनकुटाका जिल्ला उपाध्यक्ष युवराज पराजुली, क्षेत्रिय अध्यक्ष तिलक महत,नेकपा माओवादी केन्द्र धनकुटाका हेमचन्द्र किराती,नेकपा एमाले माधव नपाल समुहका निश्चित राई,मनोज राई,जसपाका नारायजुन राई ,नेपाली कांग्रेस वडा सभापती धन कुमार राई,गोविन्द्र राई लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाको गत असार १० गते मेयर बृख वहादुर राईले जवरजस्ती ढंगले परिषद गर्न लागेपछि विपक्षी गठनवन्धनले ज्ञापन पत्र बुझाउन जादा मेयर लगायत केही जनप्रतिनिधिहरुले दुव्र्यवहार र ज्याजती गरेपछि विपक्षी गठनबन्धनले प्रतिरोध गरे पछी अहिले सत्ता पक्षले झुठा मुद्धा लगाएर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई फसाउन खोजेपछि विपक्षी गठवन्धन धनकुटामा न्यायका लागी आन्दोलनमा उत्रिएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।