पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति प,हिरो गएर सडकमा अवरोध

धादिङ, वर्षाका कारण पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति प,हिरो गएर सडकमा अ,वरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट प,हिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भएको छ ।

राजमार्गको सडक माथिबाट ठाउँठाउँमा प,हिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा जारी रहेकाले प,हिरो हटाउनसमेत समस्या भएको छ । गल्छी गाउँपालिकाको बेरैनीमा सडक माथिबाट लेदो बगेर बाटो बन्द भएको छ ।

राजमार्गमा प,हिरो हटाउन ठाउँठाउँमा डोजर राखिएको र प,हिरो आउने बित्तिकै हटाउने गरिएको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ ।

अबिरल वर्षाका कारण मलेखु, ताल्ती, बेल्खु खोलामा ठूलो बाढी आएकाले खोला छेउमा बसीरहेका केहीले घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

नदीमा डु,बेर एक बे,पत्ता

त्रिशूली न,दीमा माछा मा,र्न गएका एक युवा बिहिबार बिहानदेखि नदीमा डु,बेर बे,पत्ता भएका छन् ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटारनिवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बे,पत्ता भएको प्रहरी उपरिक्षक खड्काले बताउनु भयो ।

त्रिशुलीमा एक महिनामा तीन जना बे,पत्ता भइसकको छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।