सिमेन्ट उद्योगमा बा,ढीले ठूलो क्ष,ति
धादिङ, नेपालकै ठूलो निर्माणाधीन सिमेन्ट उद्योग बेनीघाट रोराङ गाउँपालिका–२ महादेवस्थानस्थित ह्वासिन सिमेन्ट उद्योगलाई बा,ढीले क्ष,ति पु¥याएको छ ।
कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बा,ढी उद्योगमा पसेको हो । उद्योगको छेउछाउमा भएको सामान बगाएको छ । उद्योगको मुख्य भागमा बा,ढीले पुरेको प्रत्यक्षदर्शी अप्सरा मैनानीले बताउनुभयो ।
सो स्थानमा रहेको सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल ब,गाएको छ । अरु दुई होटलमा पनि बा,ढी पसेको छ । सिमेन्ट उद्योगको तल्लो भागतिरका जग्गामा पनि बा,ढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ मजदुरलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
क्ष,तिको यकिन विवरण आउन बाँकी छ । अघिल्लो वर्षको ,बाढीले पनि सिमेन्ट कम्पनीमा ठूलो क्ष,ति पु¥याएको थियो ।


