जिउ मास्ने बे,च्ने मुद्दाका फ,रार प्रतिवादी २५ वर्षपछि प,क्राउ

कञ्चनपुर, जिउ मास्ने बेच्ने मुद्दाका फ,रार प्रतिवादी पुर्नवास नगरपालिका–८ का हर्कबहादुर धामीलाई प्रहरीले आज प,क्राउ गरेको छ ।

घरमै लुकीछिपी बसेका बेला धामीलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फ,रार रहेका थिए ।

पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यसैगरी बेचबिखन मुद्दामा रु ५० हजार जरिवाना भई लगतमा बसेका भीमदत्त नगरपालिका–१८ का यादव पाण्डेय, जालसाँज मुद्दामा रु ३७ हजार ५०० जरिवाना भई लगत भई बसेका कृष्णपुर नगरपालिका–४ का चन्द्रबहादुर साउद र सार्वजनिक मुद्दामा रु ३०० जरिवाना भई लगत बसेका बैतडी हटैराज गाउँपालिका–४ का लक्ष्मी चन्दलाई अदालतमा उपस्थित गराई असुलउपर गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।