धनकुटाका प्रजिअ दाहाल गृहमा,पन्त आउने

धनकुटा । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हेरफेर गरेको छ ।

गृह मन्त्रालयले धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।

प्राप्त जानकारी अनुसार मन्त्रालयका उपसचिव कृष्ण प्रसाद पन्तलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

मन्त्रालयकै अर्का राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ । कञ्चनपुरका रामकुमार महतो सर्लाही पुगेका छन् भने धनकुटाका प्रजिअ वासुदेव दाहाल र सर्लाहीका हेमराज तामाङ मन्त्रालय तानिएका छन् ।

यसैगरी जुम्लाको प्रजिअमा मन्त्रालयकी उपसचिव विजया प्रसाईँलाई पठाइएको छ । जुम्लाका प्रजिअ भूपेन्द्र शाहीलाई गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरण पुर्‍याइएको छ ।

मुस्ताङमा पोखराका सहायक सिडिओ श्रीनाथ पौडेललाई पठाएको छ भने रुकुम पूर्वका लागि उपसचिव लक्ष्मी प्रसाद बास्कोटालाई जिम्मेवारी दिइएको छ ।-प्रशासन डटकमको सहयोगमा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।