बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह

काठमाडौँ,नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ ।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार्य रुपमा कोषमा आबद्ध हुन आग्रह गरेको अवस्थामा आफ्ना मागको सम्बोधन नभएको भन्दै बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको हो ।

ट्रेड युनियन कांग्रेसले बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीले उठाएका खाईपाई आएका सुविधा कटौती नहुने एवम् सामूहिक सौदाबाजी अधिकारको सुनिश्चितता, अवकाश रकममा आयकर नलाग्ने व्यवस्था, योगदानका आधारमा उच्चतम प्रतिफलको व्यवस्था, अवकाश तथा निवृत्तिभरण योजनामा देखिएको विभेद हटाउने लगायतका कतिपय विषय र ऐनले नउठाएको बताएको छ ।

महासचिव कुँवरले विज्ञप्तिमार्फत बाँझिएका कानून र सुविधालाई व्यवस्थापन गर्ने विषयमा तत्काल पहल गर्न जरुरी देखिएकाले संरचनागत छलफल अघि बढाएर २०७८ असार मसान्तको समय सीमालाई समस्याको निक्र्यौल नहुँदासम्म कोषमा आबद्धताका लागि दैनिक ज्यालादारी एवम् अनौपचारिक क्षेत्रका श्रमिकलाई समय सीमा थप गर्न सम्बन्धित निकायसमक्ष माग गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।