पानी परेपछि आधा दर्जनभन्दा बढी न,दी

जलेश्वर, विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बा,ढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।

अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बा,ढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बा,ढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बा,ढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जनभन्दा बढी ठाउँका बासिन्दा त्रसित भएका छन् भने उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।

वर्षायाममा महोत्तरीका धेरै जसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई दृष्टिगत गर्दै स्थानीयवासीले नदीमा आएको बा,ढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् ।

यता विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्च रुपमा सतर्क भएको जनाइएको छ ।

यसैबीच जिल्लाको बलवा नगरपालिका–१ स्थित बर्दिया बञ्चौरी गाउँमा रातो नदीले तटबन्ध कटान गर्न शुरु गरेको खबर प्राप्त भएपछि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाका अन्य स्थानमा पनि नदीको अवस्थाबारे प्रशासनले जानकारी लिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।