कर्णालीमा बृहत् सिँचाइ आयोजना निर्माण गरिने

खलङ्गा, कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले सरकारले बृहत् सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । जुम्लामा निर्माण हुन थालेको उठिल्ने–ऐरेनी सिँचाइ आयोजनाको आज अनुगमन गर्दै उहाँले भन्नुभयो, “सानातिना आयोजनाले धेरै जमीन सिँचाइ गर्न नसक्ने र जमीन बाँझो राख्नुपर्ने अवस्थाको अन्त्य गर्न बृहत् सिँचाइ आयोजना निर्माणतर्फ सरकार लागिपरेको छ ।”

आगामी आर्थिक वर्षदेखि जुम्लामा दुई ठूला सिँचाइ आयोजनाको काम शुरु हुने र ती आयोजनाले धेरै ठूलो जमीनको सिँचाइ हुने बताइएको छ । किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । उठिल्नेदेखि ऐरेनीसम्मको बृहत् सिँचाइ आयोजना र हियाखोला लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि काम शुरु हुने भएको छ ।

उठिल्नेदेखि ऐरेनीसम्म पाँच किलोमिटर सिँचाइ कुलो निर्माण हुँदा ९२ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने सिँचाइ डिभिजन कार्यालयका प्रमुख अनुप श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको गौरवको आयोजनाका रुपमा दुई ठूला सिँचाइ आयोजना बन्दैछन् । कर्णाली प्रदेश सरकारले दुवै आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिसकेको छ । आगामी दशैँसम्म बोलपत्र प्रक्रियामा जाने गरी कार्यालयले तयारी गरेको छ ।’’

तातोपानी गाउँपालिका हियाखोलामा लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि सम्भाव्यता हुँदैछ भने यसका लागि रकमको व्यवस्था भइसकेको छ । साठी हर्ष पावरको पम्पबाट १७० मिटर उचाइसम्म पानी पु¥याउन सकिने गरी लिफ्ट सिँचाइको सम्भाव्यता अध्ययनको तयारी भइरहेको छ । यसले १५० हेक्टर जमीन सिँचाइ गर्नेछ ।

यो आयोजनाका लागि रु आठ करोड लाग्ने अनुमान गरिएको छ । यी आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाइने मन्त्री श्रेष्ठले बताउनुभयो । आगामी वर्षदेखि नै दुवै आयोजनाको काम शुरु हुने ऊर्जा विकास मन्त्रालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖