प्रत्यक्ष कोरोना प्रभावित घरधुरीलाई रोजगारी

दुल्लु, दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो ।

दुल्लु–१३ का ७० घरधुरी, भैरवी गाउँपालिका–५ का ७० र ठाटीकाध गाउँपालिका–२ का ११४ गरी कूल २५४ घरधुरीका सदस्यले आफ्नै गाउँमा रोजगारी पाएका हुन् । उनीहरूलाई आफ्नै गाउँमा रोजगारीको व्यवस्था मिलाइएको छ ।

युएसआइडीको आर्थिक सहयोग र सेवक नामक गैरसरकारी संस्थाको समन्वयमा कामका लागि नगद कार्यक्रम लागू गरी उनीहरूलाई आफ्नै गाउँमै रोजगारी प्रदान गरिएको हो । उनीहरुलाई गाउँकै योजनामा काम दिएर रोजगारीमा लगाइने र काम गरेवापत नगद प्रदान गरिने सेवक संस्थाका अनुगमन मूल्याङकन अधिकृत तेजबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठाटीकाध–२ मा रु ४० लाख बराबरको खानेपानी योजना, दुल्लु–१३ मा रु आठ लाखको ग्रामीण सडक सुधार र भैरवी–५ मा रु सात लाख १५ हजार लागतको सिँचाइ कुलो निर्माण योजनामा काम दिएर रोजगारीमा लगाइएको हो ।

गाउँमै रोजगारी पाएपछि कोरोनाबाट समस्या परेका विपन्न परिवार निकै खुशी भएका छन् । कुनै काम नपाउँदा मजदुरीका लागि भारत जाने तयारी गरेको भए पनि गाउँमै रोजगारी पाएपछि अब भारत नजाने स्थानीयवासी हरि नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काम नपाउँदा घर खर्च जोहो गर्न मजदुरी गर्न भारत जाने हो, गाउँमै रोजगारी पनि पाउने खानेपानी, सिँचाइ र सडक पनि बन्ने र त्यो बनाएवापत पैसा नि पाइने भएपछि केका लागि भारत जाने ?, यस्तै घर खर्चको जोहो हुने कार्यक्रम आए कोही भारत र विदेश जानु नपर्ने हुन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।