चुनवाङमा लसुनबाट रु ४० लाख भित्रियो

रुकुम(पूर्व), रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ। सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ ।

शुरुआती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो । बीउ लसुनको मूल्य भने रु १२५ पुगेको उहाँको भनाइ छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले जम्मा गरेको लसुन दाङतिरका ठूला व्यापारीले ठेक्कामा लिने गरेका छन् ।

आगामी आर्थिक वर्षमा कृषकलाई अनुदानमा लसुनको बीउ वितरण गर्ने जनाउँदै ३५ क्विन्टल लसुनको बीउ वडाले खरिद गर्न जनाइएको छ । उहाँका अनुसार यस वर्ष लसुन उत्पादनबाट मात्रै वडामा रु ४० लाख भित्रिएको छ ।

सो गाउँ लसुनको पकेट क्षेत्र हो । सो क्षेत्र जिल्लामा सबैभन्दा धेरै लसुन उत्पादन हुने ठाउँ भनेर पनि चिनिन्छ । यहाँ उत्पादित लसुन रुकुमपूर्वको विभिन्न ठाउँसहित, रुकुम ९पश्चिम०, दाङ, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा जाने गरेको छ । वडाले पनि चुनवाङमा लसुनखेती र बाख्रापालनलाई जोड दिँदै आएको छ ।

गाउँपालिकाले कृषकलाई लसुनको बीउ अनुदानमा वितरण गर्दै आएको छ । वडाध्यक्ष पुनले लसुन कम उत्पादन हुने क्षेत्रमा बेसार र अदुवाको पकेट क्षेत्र बनाउने प्रस्ताव गरेको बताउनुभयो।

यस्तै वडाका कृषकलाई बोयर जातका बोका पनि वितरण गरिँदै आइएको छ । अहिले वडाले वितरण गरेका १३, गाउँपालिकाका दुई, एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयबाट वितरण गरिएका चार गरी चुनवाङमा १९ बोयर बोका छन् । यसबाटै आगामी वर्षमा ५० प्रतिशत बोयर जातका बोका र पाठी उत्पादन गर्ने लक्ष्य रहेको वडाध्यक्ष पुनले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।